काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा अर्थमन्त्रीको खोजि गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
मंगलबार बजेटमाथिको छलफलमा भाग लिने क्रममा अध्यक्ष लिङ्देनले बैठकमा अर्थमन्त्री खोजेका थिए। बैठकमा अर्थमन्त्री नदेखेपछि लिङ्देनले सभामुखसँग खोजिनिधि गरेका थिए। उपसभामुख इन्दिरा राना मगरले अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा उपस्थित भएको र केहीबेरमा आउने जानकारी गराउँदै आफ्नो भनाइलाई अगाडि बढाउन अध्यक्ष लिङदेनलाई आग्रह गरिन्। तर, उनले संसदमा अर्थमन्त्रीको उपस्थिति चाहिने अडान लिएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए। सभामुख घिमिरेले संघीय संसदका दुवै बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेकाले समस्या आएको बताए।