२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ (दीपक मनाङे) गरी ३१ सांसदले पक्षमा मतदान गरका छन् । ६० सदस्यीय संसदमा बहुमत सांसदले मतदान गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । संसदीय दलका नेता हरिबहादुर चुमानले संसदमा बोल्दै देवकोटा प्रदेशसभामा माओवादी सांसदकै हैसियतमा रहेकाले ह्विप उल्लंघन गर्न नमिल्ने बताएका थिए । देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि विपक्षी सांसदले केहीबेर नारावाजी गरेका थिए । मुख्यमन्न्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

Advertisement