चितवन– राज्यबाट उचित सम्बोधन नभएको भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ चितवनले समस्या समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । किसानको क्षतिपूर्ति , सुविदा र समयमा मल नपाउने समस्या रहेको भन्दै सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । दुध उत्पादक कृषक , केरा उत्पादक कृषि , माहुरीपालक किसानको बेहोरेको समस्या देखाउँदै किसानको समस्यामा गम्भिर हुन आग्रह गरेको महासंघ चितवनका सचिव इन्द्रमणी गैरैले बताए ।
महासंघको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेस चितवनका उपसभापति राजिव न्यौपाने , सचिव ध्रुव पोखरेल , नेपाल किसान महासंघका क्षेत्रिय अध्यक्ष परञ्जीवि ढकाल , सार्वजनिक सेवा कर्मचारी संघ चितवनका अध्यक्ष सुरेश अधिकारी , पनि सहभागी थिए । यादवले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाए ।
दुध उत्पादक कृषकले दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगहरुले ६ महिनादेखी भुक्तानी नदिएको भन्दै सरकारसंग भएके सम्झौता अनुसार ४ अर्ब रकम भुक्तानिको ब्यवस्था गर्न माग गरिएको छ । गत जेठको १७ गतेदेखी चार दिनसम्म आएको हावाहुरीले केरा खेतीमा क्षति गरेको उचित क्षतिपूर्ति र र विमा भुक्तानीको माग गरिएको छ । केराखेतीमा करिब १२ करोड बराबरको क्षति भएको छ । सात सय किसान मारमा परेका छन् ।
त्यस्तै समयमा मल नपाउने समस्याको पनि महासंघले कुरा उठाएको छ । आवश्यकता भन्दा चालिस प्रतिशत मात्र मल आयात हुने गरेको भन्दै पर्याप्त मात्रामा मल उपलब्ध गराउन माग गरेको छ । दानाको मुल्य, नेपाल सरकारबाट पाउने विमामहको बजारीकराण्को समस्याप्रति ध्यानाकर्षण गराएका छन् । नेपालमा वार्षिक ९ हजार मेट्रिक टन उत्पादित चार हजार मेट्रिक टन महले बजार नपाएको जानकारी गराउँदै उचित बजारीकरणको ब्यवस्था मिलाउन माग गरिएको छ । धारासायी बनेको पोल्ट्री ब्यवसायको गहन अध्धयन गरि समाधानको लागी माग गरिएको अध्यक्ष निलकण्ठ रिजालले बताए ।
किसानको समस्या समाधानका लागि किसान महासंघ चितवनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
किसानको समस्या समाधानका लागि किसान महासंघ चितवनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Advertisement