• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित

चितवन : भरतपुरस्थित ऐतिहासिक दियालो बंगला साउनको पहिलो साताबाट सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी गरिएको छ । बंगलाको स्तरोन्नति र रङरोगनको काम अन्तिम चरणमा पुगेको छ । १५ दिनमा सबै काम सकेर उदघाटनको मिति ताकिने जनाइएको छ। सो बंगला पूर्वराजाहरूले प्रयोग गर्दै आएका थिए।

Advertisement

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ ,भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले  मंगलबार दरबारको  निरीक्षण गरेका थिए ।

‘नेपाल ट्रष्टले स्तरोन्नति र रङ लगाउने काम गरिरहेको छ ।  महानगरपालिकाको तर्फबाट हरियाली र सौन्दर्यकरणको काम गरेको छ । दरवारभित्रको सरसमान मिलाउने काम बाँकी छ । असार मसान्तभित्र सबै तयारी पूरा हुनेछ,’ महानगर  प्रमुख रेनु दाहालले भनिन् ।

‘भरतपुर भ्रमण वर्ष २०२४’का क्रममा भरतपुर महानगरपालिकाले पर्यटकीय आकर्षणको रुपमा सर्वसाधारणको लागि खुल्ला गर्न लागेको हो । यसका लागि महानगरले नेपाल ट्रष्टसँग द्विपक्षीय सहमति गरिसकेको छ । महानगरपालिकाले भरतपुर भमण वर्षको सन्दर्भ पारेर सर्वसाधारणको लागि खुल्ला गर्न लागेको हो।

‘भरतपुर भ्रमण वर्षको सन्दर्भमा छिटो सञ्चालनमा ल्याउन प्रयत्न भइरहेको छ। पर्यटक कम आउने समय भएकाले ढिलो  भएपनि राम्रो गरौं भनेर समय लिएका हौं । भित्र पस्दा सबैलाई  बेग्लै अनुभूति हुने वातावरण हुने खालको काम गर्न लागेका छौं,’महानगर प्रमुख दाहालले भनिन्  ,‘असार मसान्तभित्र सबै काम सकेपछि उदघाटनको मिति तोक्ने छौं।’

योजना अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालयको उदघाटन गर्ने कार्यक्रम रहेको छ । दियालो बंगलामा राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् । दरवारको छेउमा दरवारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै,राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित नै राखिएका छन् ।

राजा महेन्द्रको निधन भएको कक्ष,डाइनिङ हल र भान्साका भाँडाकुँडा,शिकार गर्ने सामग्री,क्याम्प गर्ने संरचना पनि जोगाएर राखिएको छ ।  महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीले नेपालको ऐतिहासिक सामग्रीलाई पर्यटनसँग जोड्न खोजिएको बताए ।

‘राजपरिवारले प्रयोग गर्ने सामान सर्वसाधरणलाई देखाउन पर्यटनको केन्द बनाउन खोजिएको हो ,’सुवेदीले भने ,‘जंगल सफारीमा मात्रै सिमित चितवनमा दरवारले पर्यटकीय क्रियाकलाप बढाएर बसाइ अवधि लम्बाउन सकिन्छ । ’

दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाएर राखिएका छन् । भित्तामा बाघको टाउको जस्ताको तस्तै राखिएको छ । राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्‍याङमा राखिएको छ ।

दरबारको छेउमै महिला सुसारेका लागि नानीगन्ज, सुरक्षा गार्डका लागि एडीसी क्वार्टर, ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल छ । अहिले त्यहाँ ट्रस्टको कार्यालय राखिएको छ। बंगलाका पमुख दिल बहादुर कार्कीले ऐतिहासिक दरवार खुला गरेसँगै पर्यटकको चहल पहल बढ्ने विश्वास व्यक्त गरे। ‘संग्रहालय खुलाउन बृक्षारोपण गरिएको छ । सरसफाइको काम भएको छ ,’कार्कीले भने ,’राजा आउन छोडेपछि सुनसान थियो । अब चहलपहल बढ्छ कि भन्ने लागेको छ । ’

शिकारका सौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो। त्यसपछि विरेन्द्र राजा महेन्द्रको वार्षिक तिथि पारेर राजा वीरेन्द्र बंगलामा आउने गर्थे। राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.