चितवन .–नेपाल शिक्षक संघ चितवनले संघको गतिवधिलाई जनस्तरमा पुर्याउन वेबसाइट संचालनमा ल्याएको छ । संघको निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागले वेबसाईट तयार गरेको हो । भावि रणनितिक योजना , वर्तमान कार्यक्रमहरु , सुचना प्रविधिसंग जोडेर संघको गतिविधलाई जनस्तरमा पुर्याउने उदेश्यले वेबसाइट सुरु गरेको संघका जिल्ला कार्यसमितिका सदस्य अनिष घिमिरेले बताए । बेवसाईटले सबै सदस्यलाई सक्रिय बनाउन सहयोग पुग्ने घिमिरेले बताए । शनिवार नेपाल शिक्षक संघको कार्यालयमा वेबसाईटको सुरुवात गरिएको हो ।
वेबसाईटमा संघका जिल्ला स्थित सदस्यहरुको विवरण उल्लेख गरिएको छ । नेपाल शिक्षक संघ बागमती प्रदेश उपमहासचिव तथा सुचना विभाग प्रमुख रूद्र कुमार धमलाल ेउदघाटन गरेका थिए । नेपाल शिक्षक संघ, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागका संयोजक भविश्वर गुरूङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका पुर्व अध्यक्षहरु भुवानीप्रसाद पौडेल र मुक्ति ढकाल , पुर्व सचिव प्रेमराज पौडेलले मन्तब्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रूद्र प्रसाद सुवेदी, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, ट्रेड युनियन काँग्रेस केन्द्रीय सदस्य सीता शर्मा ढकालले शुभकामना दिए ।
वेबसाइटको वारेमा प्रदिप काफ्लेले जानकारी गराएका थिए । स्वागत मन्तव्य दिदैं सुचना विभाग सदस्य सुरेश आचार्यले बेवसाईटको औचित्य वारे प्रष्ट पारेका थिए । संघका सूचना विभाग सदस्य राजेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाभरका करिव २०० जना शिक्षक सहभागी थिए ।