विसाल राना (विस्कान्सन , अमेरिका ) –विश्वब्यापी सञ्जालमा जोडिएको जय नेपाल फाउण्डेसनले अमेरिकाको इलिनोइजमा शाखा गठन गरेको छ । कृष्ण खनालको अध्यक्षतामा १४ सदस्यीय च्याप्टर गठन गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा विरेन्द्र कुवँर , उपाध्यक्षमा नगेन्द्र देवकोटा र शंकर पराजुली रहेका छन् । त्यस्तै महासचिवमा प्रकाश भण्डारी चयन भएका छन् । समितिको सचिवमा प्रविण काफ्ले , कोषाध्यक्षमा हरि न्यौपाने रहेका छन् । सदस्यहरुमा निर्मल भट्टराई । अनिता भुषाल , अर्जुन पराजुली , मनोज नेपाली , कमल चापागाँई , भोजराज पाठक र कल्पना पाण्डे तिवारी चयन भएका छन् । समितिको प्रमुख सल्लाहकारमा खेम पाठकलाई राखिएको छ ।
त्यस्तै सल्लाहकारहरुमा सुरेन्द्र चौधरी , दल श्रेष्ठ , हुमकान्त काफ्ले , खेम पन्थी र सुमन देवकोटा रहेका छन् ।
राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न फाउण्डेसन गठन गरिएको हो । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए ।
अमेरिकाको इलिनोइजमा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन
अमेरिकाको इलिनोइजमा जय नेपाल फाउण्डेसनको च्याप्टर गठन

Advertisement