चितवन, भरतपुर स्थित नेपाल प्रहरीको शिक्षालयमा प्रहरीको आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालको आयोजनामा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम गरिएको छ । शिक्षालयमा रहेका नेपाल प्रहरीका प्रशिक्षक र तालिममा रहेका प्रहरीको आँखा परिक्षण गरिएको हो । समुदाय प्रहरी साझेदारी अभियान अन्तरगत शिक्षालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको भरतपुर आँखा अस्पतालकी छाँया श्रेष्ठले बताइन्। शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरु, बिभिन्न प्रशिक्षणमा प्रशिक्षणरत प्रशिक्षार्थीहरु गरी १३० जनाले आँखा जाँच गरिएको थियो ।
Advertisement