काठमाडौं । स्थानिय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा उत्कृष्ट बनाउन नेतृत्व गरेका रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । नेपाली काँग्रेस स्थानिय तह समन्वय समितिले मेयर सापकोटाको नेतृत्वको उच्च कदर गर्दै सम्मान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै छोटो समयमा गरेकोे उत्कृष्ट कामको मुल्याङकन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानिय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए ।
बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँरनगरपालिकालाई सम्मान गरेको हो । स्थानिय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी शेरबहादुर देउवाले सापकोटाको प्रसंसा गरेका थिए । गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन्।
त्यस्तै महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिदै थप सशक्त भएर लाग्न आग्रह गरेका थिए । महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजी खोजी जिम्मेवारी दिने बताए ।
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यासमा ल्याएको स्थानिय सरकारको संस्थागत क्षमता स्वमुल्याङ्कनमा आर्थिक वर्ष २०७९.८० गुणस्तर मुल्याङ्कनमा रत्ननगर नगरपालिका देशभरका स्थानिय तहमध्ये तेस्रो भएको थियो । सोही कारण पार्टीको केन्द्रीय तहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिदै सम्मान गरेको हो ।