कैलाश कोइराला । केहि दिन अगाडि स्वः चन्द्रकान्त न्यौपानेको स्मृति सभामा विपिका कान्छा सुपुत्र डा. शसाङ्क कोइराला स्मृति सभाको प्रमुख अतिथि हुनुहँुदो रैछ । स्वः न्यौपानेका चार पुत्रहरु छन् । तर बिशेष रुपमा सायद कान्छा सुपुत्र बुद्दिकान्त न्यौपानेले सभाको सबै व्यवस्थापन गरेको हुनु पर्छ । काँग्रेसको सबैभन्दा ठुलो झण्डा बोक्ने चन्द्रकान्त न्यौपाने स्मृति सभाको मन्चमा उहाँका समकालीन पनि थिए । जसले मृत्यु हुनुभन्दा पहिला नै राजनितिक श्रद्धााञ्जली वारम्वर दिइराखेका थिए । अरुको पनि उपस्थिति देखिन्थ्यो । स्मृति सभाका वक्तामध्ये एक हुनुहुन्थ्यो , विकास कोइराला । उहाँले अन्तिममा ‘ राम तेरि गंगा मेरी ’ भन्ने हिन्दी चलचित्रको एउटा गित सुनाउनु भएछ । मोहमद् रफि र लता मंङ्केशरको सुमुधुर आवाज छ यसमा । ‘ सुनो त गंगा ए क्या सुनाए…’
जसको खोजमा आएको छस् ,जसले वोलाएको छ,त्यो पर्वतको तल झरनाको पछाडी छ । ए काँग्रेसहरु हो के सुनाउने शसाङ्क साक्षी राखेर विपि काँग्रेस यीनको पाप धुँदाधुँदा समाप्त हुने भयो । यस्तो नियम वनाएकी प्राण जाओस पर वचन नजाओस ।
विकास कोइराला , मनहरी कोइरालाको छोरा हुनुहन्छ । सुशिल कोईराला चितवन क्षेत्र नम्बर ४ वाट चुनाव लड्दा उहाँले स्वतन्त्र उमेदवारी दिनुभयो । पार्टीको निर्णय विपरित स्वतन्त्र उमेदवारी दिएको भन्दै कारवाही गरियो । विद्रोह त सबैबाट भएकै छ त ,फेरी एउटै तपस्यामा भिन्नभिन्नै फल र नियम किन ? गित मार्फत भावना, आवेग र समवेदनाहरु छचल्किएको बुझिन्छ । ‘मेरी पास तुजे आना हे ,मेरी ही पास तुजे जाना हे’ नियम क्या वनाया ? अनि त्यस परिस्थितिवाट यस परिवारमा परेको क्षतिपूर्तिको भर्पाइ को दस्तखत कसले दिन्छ ?
यो कुरा यहीँ विट मार्दै । राजनिति शक्ति आर्जन गर्ने कुरा हो । त्यसका आ–आफ्नो पथ होला । विपि संस्थापक भएर खोलेको काँग्रेस र आजको राजनितिक समाज यहाँसम्म आईपुग्दा साहु र ग्राहक विचको सम्बन्ध मात्र बाँकी रहेको देखिन्छ । राजनितिक सुपरमार्केटमा ग्राहकले अनि श्रेष्ट वस्तु को माग गरिराखेको छ।ग्राहक भन्छ साहुलाई,सर्वश्रेष्ट वस्तु मलाई चाहियो,साहु भनिराखेको छ,मेरो सुपरमार्केटमा सवै सर्वश्रेष्ट वस्तु छन्न्न,वस तपाई किन्ने क्षमता राख्नुस । किनकी मैले पद नामक पदार्थहरु बेच्नको लागि राजनितिक सुपरमार्केट खोलेको छु । यहि पाएपछि ग्राहकलाई ज्ञान प्राप्त भयो । त्यो कुन ठाउँ हो ,जहाँ ज्ञान प्राप्त भयो ? भनिन्छ, वोधिवृक्ष तल वुद्दले सिद्दासनमा वसेर ज्ञान प्राप्त गरे । अनि के वृक्ष तल सिद्दासनमा वस्दैमा सवैलाई ज्ञान प्राप्त हुन्छ त ? ज्ञानको के विद्यावारिधि हुन्छ र ? ज्ञानको उद्गमस्थल नै इन्द्रीयहरुको समवेदना हो । कृष्णको वचनमा अर्जुनले ज्ञान पाए । विपिको वचनमा स्वयं पुत्र भएर केहि ज्ञान लिएकी लिएनन् त्यो उनैले जानुन् ।
एउटा कथन छ । राजाको एउटा कसाई थियो ,त्यो आएर सधै राजाको लागि राँगाको वलि दिन्थ्यो । राजा हैरान थिए, किनभने बर्षौदेखी उसलाई देखीरहेको थियो । हेर्दाहेर्दै उमेर गएर वुढो हुँदैगउको थियो । कसाईसँग एउटा खुडा मात्र थियो, जुन कि उसले कहिल्यै धार लगाउँदैनथ्यो । खुडा पनि वदलेको थिएन । पच्चिस वर्षदेखी राजाले यो देख्दै आएका थिए । कसाइृले कहिल्यै खुडा राँगा काट्न अड्किएको देखिएन । अनि एकदिन अचम्म मानेर राजाले सोधे, – तिमि त अदभुत् रहेछौ । तिम्रो कुशलताको कुनै हिसाव लगाउनै गाह«ो भयो । खुडामा कहिल्यै धार पनि लगाएको पनि छैनौ । नयाँ किनेको पनि छैनौ । कसाईको जवाफ थियो– जो सिकारु छन्, उनीहरुले महिनै पिच्छे धार लगाउनु पर्ने हुन्छ । जसले ज्ञान पाउछ उसले धार लगाईराख्नु पर्दैन । किनकि मैले राँगा काट्दिन ,राँगा र खुडाको विचमा जुन खेल चल्छ, वस मात्र म त्यो देखाउँछु । म को हो काटने र ? किनकि जगतमा केहि पनि काटन सकिदैन । अनि भन्दै गयो,म काट्नेवाला पनि होइन । राँगासंग लडिराखेको पनि छैन । म उसको शत्रु पनि होइन , जुन उ भित्र छ म भित्र पनि त्यहि छ । उसले काट्छ ,उ काटिन्छ । राँगा र खुडा विचमा एउटा तारतम्य र गहिरो हार्दिकता एकवद्दता छ । रागा लडदैन,खुडा काटिदैन, वस् खुडाले ठाउँ खोज्छ ,राँगाले ठाउँ दिन्छ । त्यसैले धार मर्दैन । राजाको अनुरोध थियो , यो कला मलाई पनि सिकाउन सक्छौ ? ’ असम्भव छ हजुर,कला सिकाईदैन सिक्ने हो । म यो आफ्नो छोरालाई पनि सिकाउन सक्दिन ।
“नैनं छिन्दन्ति शंस्राणि“–कृष्ण ले अर्जुनलाई भनेको पनि त्यहि हो ,जुन कसाईले भन्यो,न त काटन सकिन्छ न कुनै अस्त्रले ,न आगोले जलाउन सकिन्छ । अर्जुनलाई कृष्णले त्यहि भनेका थिए, तिमि भयवित नभइ काट,न कोहि काटने वाला छ, न काटिनेवाला नै छ, एउटा खेल छ त्यो लुकेको छ। तिमि व्यर्थको चिन्ता नलेउ । कसाईले छोरालाई सिकाउन सकिदैन भनेको र विपिले छोरालाई सिकाउन सक्नु भयो कि भएन, न शसाङकले पिताजीलाई गुरु मानेर कला सिके । जुन विपि भित्र एउटा कला थियो । किनकी कलाको कुनै गणित जस्तो फरमुल्ला हुदैन । चित्रकारले पनि उसको कला के हो भनेर वताउन मुस्किल हुन्छ । ऊ चित्र वनाउन सक्छ र सँगै छेउमा वसेर । त्यसैले पिता भए गुरु भएनन् । गुरुको छेउमा वसेको त्यो उपयोग होकि ऊ सक्रांमण हुनु अनि बसिबसि कला समाउनु । कसाईले भनेको जस्तो म सिकाउन सक्दिन तर चाहेमा सिक्न सकिन्छ । विपिको पुत्र विपिको भौतिक सम्पतिको हकदार हुनुहुन्छ । राजनितिक ,सामाजिक र आध्यात्मिक गुरु मानेर शिष्य हुन सक्नुभएन । काग्रेसभित्रको सुपरमार्केटमा एउटा ब्राण्डको पसल राख्ने ठाउँ खोज्नुभभयो । विपिले कान्छा छोरालाई राजनितिक भन्दा पर राख्न चाहानु भउको हुनपर्छ शसाङ्क नाम राखेकोबाटै वुझिन्छ । योगमा एउटा आसन हुन्छ, चाईल्ड पोज यानकी शसांक आसन ,अरु आसनको व्यायम गरेर थाकेपछि रिलाक्सेसनको लागि यो आसनमा एकछिन बसेर स्वासको गतिलाई नर्मल हुन दिईन्छ । आज यहि रुपमा मात्र शसांक विराजमान हुनुहुन्छ । बाँकी उहाँका जिवप्रसादहरुले,“सरगम“ भन्ने हिन्दि चलचित्र छ, त्यसमा एउटा गित छ,“डफलि वाले डफलि वजा, मेरो घुङ्गरु मे नाचु तु नचा“ भन्ने तरिकाले उहाँ नाचेको देख्दा स्वम उहाँले विपिलाई नै गिज्जाईरहनुभएको भान हुन्छ । कतै ममतामयी सुसिला आमाको पाठेघरमा विपि ले विर्यदान गर्दाको विपि इन्द्रियहरुमा कुन चिन्तनले रक्तसंचाार गरिराखेको थियो होला । आँधी भन्ने चलचित्र छ,त्यसमा एउटा गित छ,“ तेरे बिना जिन्दगीसे कोही सिकवा तो नहि“ यदि विपिको राष्टियता र काग्रेस विना जिन्दगीसंग केही सिकाएत नभएका मानिसहरुको मलम लगाउने हो भने विपि ले खोलिदिएको काँग्रेसमा यो पापीहरुको पाप धुन होइन, राष्टियता जोगाउन “ तुम जो कहेदोतो आज रात चाँद डुवेगा नहि“ घुङगरु नाच होइन, शिवजीले जस्तो डमरु बजायर ताण्डव नृत्य नाच्नुहोस् । होइन भने राष्ट्रको अभिभाबकीय भुमिका ननिभाएर शसांक आसनमा रहिरहनुहुनेछ । जसरी राजाले कसाईवाट ज्ञान प्राप्त गरे , त्यही कसाईको रुपमा वुझनु होला । ज्ञानका लागि कसाई ओठ र कृष्णको ओठ एउटै हो ।
( लेखक कोइराला नेपाली काँग्रेस चितवनका निवर्तमान उपसभापति हुनुहुन्छ )