(टोरन्टो )– अमेरिकामा सफल ब्यवसायीको परिचय बनाएका गैरआवासिय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले विदेश जाने नेपालीलाई ब्यवसायमा लाग्न सुझाव दिएका छन् । सानै भएपनि आफ्नै ब्वयसाय सुरु गरे पछि ब्यवसाय ठुलो हुने भन्दै ब्यवसायमा लाग्न आग्रह गरे । क्यानाडामा रहेका नेपालीसंगको भेटघाटमा सुवेदीले ठूलो लगानीमा जोखिम पनि हुने भन्दै नयाँ आप्रवासीलाई सानोबाट व्यवसाय शुरु गर्न सुझाव दिएका छन् । गैरआवासीय नेपाली संघ क्यानडाले हालै टोरोन्टोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उनले सानो लगानीमा साना व्यवसाय शुरु गरि मेहनती र इमान्दार भएमा छिट्टै सफलता हासिल गर्न सकिने बताए । ‘ दुख आफ्नैमा गर्ने हो । आफ्नो ब्यवसायमा गरेको दुखले पाउने प्रतिफल भोली आफ्नै पोल्टामा आउने हो , ’ सुवेदीले भने ,‘ ठुलो लगानी होइन । सानोबाट सुरु गर्ने अनि सिक्दै, बढाउदै जाने हो । यसो गर्नुभयो भने भोली तपाईको दिन सफल हुनेछ । ’
त्रिभुवन विश्वविद्यालयको प्राध्यापक छोडेर अमेरिका गएका चितवनका बुद्धिसागर सुवेदी अहिले अमेरिकाका सफल उद्यमीभित्र पर्छन् । सुरुवातमा रोजगारी गरेपनि आफ्नै स्वाभिमानको लागी उनले ब्यवसाय सुरु गरेका थिए । नेपालमा पनि उनले विभिन्न क्षेत्रमा ठुलो लगानी गरेका छन् । बन्द अवस्थामा रहेको भैरहवाको पाँचतारे रिसोर्ट टाईगर प्यालेसमा खरिद गरेर संचालन गरेका हुन् । टाइगर प्यालेसमा करिब एक हजार नेपालीले काम पाएका छन् । अमेरिकामा पनि उनले ब्यवसायमा लाग्न नेपालीलाइ अभिप्रेरित गर्छन् ।
अमेरिकाका सफल व्यवसायी बुद्धिसागरको सुझाव ‘आफ्नै ब्यवसायमा पसिना बगाउनुहोस्’
अमेरिकाका सफल व्यवसायी बुद्धिसागरको सुझाव ‘आफ्नै ब्यवसायमा पसिना बगाउनुहोस्’

Advertisement