विशाल रानामगर (अमेरिका ) । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क गठन भएको छ । भर्चुअल माध्यमबाट सम्मेलन गरेर ४३ सदस्यीय समिति गठन गरिएको छ। अस्ट्रेलियाका मदनराज पौडेल अध्यक्षमा र महासचिवमा अमेरिकाका नवराज न्यौपाने सर्वसम्म्मत चयन भएका छन् । ३० भन्दा बढि देशबाट समितिमा युवाहरु जोडिएका छन् ।
कार्यक्रमको अध्यक्षता जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा.यादव पण्डितले गरको थिए । प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य , स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाल र नेपालीसंग जोडिन गठित समितिलाई शुभकामना दिए । जय नेपाल इन्टरनेशनल फाउन्डेसन का केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले स्वागत गरेका थिए। फाउण्डेसनका ग्लोबल नलेज नेटकर्वका संयोजक डा. निरज श्रेष्ठले नेपालको विकाश का लागि अनुभव र सिकाइ आदानप्रदान गर्न नेटवर्क तयार रहेको बताए ।
विशिष्ट अतिथी संघीय सांसद प्रतिमा गौतम, कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की ,नेविसंघका पुर्व महामन्त्री मनोजमणि आचार्य , प्रदेश सभाका पूर्व सदस्य बिजुला बर्मा राना, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष पत्रकार शिव लम्साल ,विष्णुहरी घिमीरे ,जय नेपाल इन्टरनेशनल फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बद्रि अर्याल, एनआरएन आईसीसीका नेता डा.केशव पौडेल, एनआरएन अमेकिराका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदी, फाउन्डेसनका संस्थापक विश्व बराल, एनआरएनएका आईसीसीका पुर्व उपाध्यक्ष दुर्गा आचार्य , एनआरएनका क्यानडाका पुर्व अध्यक्ष दिपक गौतम, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जनसम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओलि, एनआरएन बेल्जियमका अध्यक्ष सिता सापकोटा ।।। एनआरएन अमेकिराका निर्वतमान उपाध्यक्ष डिलु पराजुली ,राजनैतिक विश्लेषक शंकर तिवारी , नेका युवा नेता सुदिप मोहन भट्टराई सहभागी भएका थिए । जय नेपाल इन्टरनेशनल फाउण्डेसन कार्य समिती को तर्फबाट क्यानाडा च्याप्टरका अध्यक्ष सुमन बाँस्कोटाले सबैलाई धन्यवाद दिए ।
दै सबै लाई संस्था सग जोडिन आबवाहान गर्नु भएको थियो। युवा समितिका अध्यक्ष मदनराज पौडेल ले नयाँ कार्यसमितिको परिचय गराएका थिए । युवा समिति गठन गर्नुको उदेश्य युवा समितिका केन्द्रिय सदस्य तथा एआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनालले स्पष्ट पारेका थिए । जनसम्पर्क समिति जर्मनीका महासचिव तथा एनआरएन जर्मनीका महासचिव सिजन दाहालले धन्यवाद दिएका थिए । अध्यक्ष डा. यादव पण्डितले फोण्डेसनले कसैको विरोधी नभई सबैको सहकार्य र समन्वयमा काम गर्ने बताए ।