विशाल रानामगर ( विस्कान्सन), राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न गठित फाउण्डेसनले अमेरिकाको २१ प्रान्तमा च्याप्टर गठन गरेको छ । अमेरिकामा विभिन्न पेशा ब्यवसायमा आवद्ध भएका नेपालको राजनैतिक मामिलामा जानकारहरुलाई नेतृत्व प्रदान गरिएको हो । शसक्त ,जुझारु युवालाई नेतृत्वमा ल्याइएको हो ।
अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरको संयोजकमामा बाशुदेव भट्ट , कनेन्टिकको संयोजकमा मुना तिवारी , फ्लोरिडा संयोजकमा विकास देवकोटा , साउथ क्यारोलिनको स्ांयोजकमा केशवराज सापकोटा रहेका छन् । क्लोराडोमा कुमारजंग कार्की , दक्षिणी क्यालीफोर्नियामा इन्द्रराज पाण्डे संयोजक रहेका छन् । त्यस्तै उत्तरी क्यालीफोर्नियामा यादव दाहाल , मिनिसोटामा अञ्जनकुमार चौलागाँई , नेब्रास्कामा कृष्ण कंडेल , साउथ देकोटामा सन्दिप पौडेलले नेतृत्व गरेका छन् । विस्कान्सनमा प्रशान्त बञ्जाडे , मिचिगनमा मोहन पौडेल , इलिनोइजमा कृष्ण खनाल , मिजौरीमा केशव भट्टराई , केन्टुकीमा दिवाकर भट्ट , डालास टेक्सासमा रमेश अधिकारी , मेरील्याण्डमा केशव शर्मा , जर्जियामा धर्मराज घिमिरे , प्रकाश ज्ञवाली नेभाडाको नेतृत्व गरेका छन् । त्यस्तै पवन पौडेलले न्यु हेम्पसायरको च्याप्टर र न्युयोर्क च्याप्टरमा दिनदयाल भण्डारी (दिनेश ) ले नेतृत्व गरेका छन् ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । फाउण्डेसनले नेपालमा पनि समिति विस्तार गरेको छ ।र फाउण्डेसनलाई विभिन्न देशमा पनि समिति विस्तार गरेको छ ।