बिशाल रानामगर ( विस्कान्सन) । दशैंको माहोल सुरु हुन लाग्दा अमेरिकाको विस्कान्समा रहेका नेपाली युवा फटबल प्रतियोगितामा रमाए । दशैंको अवसर पारेर विस्कान्सन राज्यमा फुटबल प्रतियोगिता गरिएको हो । एनआरएनए अमेरिका विस्कान्सन च्याप्टरले प्रतियोगिताको आयोजना गरेको हो । फुटबल प्रतियोगितामा विस्कान्सन राज्यमा रहेका नेपालीहरुको फुटबल क्लबहरु सहभागी भए । मिल्वाको इस्टाब्रुकको खेल मैदानमा नेपाली युवाको प्रतिष्पर्धा रोमाञ्चक बन्यो । मिल्वाकी नेपाली फुटबल क्लब सह–आयोजक रहेको प्रतियोगितामा विस्कान्सन भित्रका पाँच वटा नेपालीहरुको क्लबहरु सहभागी थिए ।
मेडिसिन नेपाली फुटबल क्लबले प्रतियोगिता जितेको छ । फाइनलमा मिल्वाकी नेपाली फुटबल क्लबलाई पेनाल्टीमा हराउँदै मेडिसिन नेपाली फुटबल क्लबले जितेको हो । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो ।
विजेता टोलीले नगद पन्ध्र सय अमेरिकी डलर सहित ट्रफी पाएको थियो । दोस्रो हुने टोलीले नगद एक हजार अमेरिकी डलर सहित ट्रफी पाएको थियो । प्रतियोगितामा एप्पलटन नेपाली फुटबल क्लब , एसएमजि नेपाली फुटबल क्लब सहभागी थिए । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले पुरस्कार वितरण गरे । कार्यक्रमलाइृ सम्बोधन गर्दै सुवेदीले आफ्नो पेशा ब्यवसायसंगै खेलकुदमा सहभागी भएर भाइचाराको सम्बन्ध विकास भएको बताए । उनले विदेशमा रहेर नेपाली पर्वको उत्सव मनाउनु सकारात्मक रहेको भन्दै खेलकुदको माध्यमबाट एनआरएनए विस्कान्सनले युवालाई जोडेको भन्दै धन्यवाद दिए । एनआरएनए विस्कान्सन च्याप्टरका अध्यक्ष राज कुमार हमालले विस्कन्सन राज्य खेलकुदमय बनेको बताए । खेलकुदको माध्यमबाट युवाको एकता अत्यन्तै मजबुद हुने भन्दै स्वस्थ समाजका लागि खेलकुदको महत्वलाई बुझ्न सबैलाई आग्रह गरे ।
कार्यक्रम संयोजक प्रेम छन्त्यालले दशंैको अवसरमा नेपाली युवालाई एकत्रित गराउन प्रतियोगिता आयोजना गरेको बताए । जय नेपाल फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले युवाहरुमा खेलकुदले उर्जा र उत्साह ल्याउने विश्वास ब्यक्त गरे । , एनआरएन अमेरिकाको क्षेत्रिय संयोजक महेन्द्र बस्नेत , एनआरएन विस्कान्स च्याप्टरका निवर्तमान अध्यक्ष दिपक थापा, एनआरएन अमेरिकाको बोर्ड सदस्य दुर्गा तिवारी, एप्पलटन युथ एसोसिसनका अध्यक्ष हरी अधिकारी, लेख काफ्ले , नरेन्द्र रेग्मी, हृदय न्यौपाने, अनुभव मरासिनि, समिर फुयाल लगाएतको उपस्थिति थियो ।