चितवन असोज १४ । बाढीले डुबानमा परेको देवघाट स्थित रोटरी करुणालयका वृद्धवृद्धालाई रोटरी क्लब अफ चितवनले सुरक्षित बासस्थानको ब्यवस्था गरेको छ । रोटरी क्लब चितवन को अगुवाइमा सरसफाइ बाढी प्रभावित आश्रममा सरसफाई गरिएको छ । उनीहरुलाई खानेबस्ने ब्यवस्था मिलाइएको क्लबका अध्यक्ष भानु शर्माले बताए । सशस्त्र प्रहरी बलले समेत सहयोग गरेको थियो । करुणालय का अध्यक्ष उत्तमलाल चुके ,क्लबका पुर्ब अध्यक्षहरु रमेश कुमार पिया, दिलिप पिया, रोशन पिया, दिपक प्रधान, उपाध्यक्ष गेहेन्द्र्मान श्रेष्ठ , सद्स्य गुन्जन मास्के, ऋषिराम न्यौपाने , योगिता पिया सहभाथी थिए । त्यस्तै स्पाउसहरु मन पिया, धुपी जोशी, रोसनी प्रधान लगायतका रोटरियन पुगेका थिए ।
नारायणी नदीमा आएको बाढीले रोटरी करुणालका चार वटा घर डुबानमा परेको थियो । ३५ जना बृद्धाश्रममा पागो लेदो माटोले पुरिएर सामान नष्ट गरेको छ । आश्रमको भान्साघरमा समेत क्षति पुगेको हुनाले तत्कालको लागी उनीहरुलाई सुरक्षित स्थानमा सारेर रोटरीले खानाको ब्यवस्था गरेको छ । बाढीका कारण दैनिक निशुल्क भोजन गर्ने १५० जना बटुवा तथा असहाय प्रभावित भएका छन् ।
डुबानले विस्थापित रोटरी करुणालयका वृद्धवृद्धालाई चितवन रोटरीको सहयोग
डुबानले विस्थापित रोटरी करुणालयका वृद्धवृद्धालाई चितवन रोटरीको सहयोग

Advertisement