विशाल रानामगर (अमेरिका ) ,जय नेपाल फाउण्डेसन उत्तरी क्यालिफोर्निया च्याप्टरको आयोजनामा शुभकामना आदान प्रदन एवं वक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको छ । नेपाली पर्व दशैं तिहार , छठ पर्वको अवसरमा फाउण्डेसनको च्याप्टरले आयोजना गर्न विद्यालय र उच्च मावि तहका विद्यार्थीहरुबीच प्रतियोगिता गर्न लागेको हो । प्रतियोगीले नाम दर्ता सेप्टेम्बर २९ तारिखमा दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रतियोगिता अक्टोबर ६ मा डाउनटाउन इभेन्ट सेन्टरमा विहान ११ बजे गर्न लागिएको च्याप्टरका अध्यक्ष यादव दाहालले बताए ।
जय नेपाल फाउण्डेसनले आफ्ना च्याप्टर मार्फत गतिविधि तिब्र पारेको छ । नेपालीहरुको सहयोग र सदभावका लागी च्याप्टरहरुले कार्यक्रमलाई तिब्रता दिन थालेको केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।
राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न गठित फाउण्डेसनका अन्तरराष्ट्रिय अध्यक्ष डा. यादव पण्डित हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले बताए ।
जय नेपाल फाउण्डेसनले उत्तरी क्यालिफोर्नियामा वक्तित्वकला प्रतियोगिताको आयोजना गर्दै
जय नेपाल फाउण्डेसनले उत्तरी क्यालिफोर्नियामा वक्तित्वकला प्रतियोगिताको आयोजना गर्दै

Advertisement