वीरेन्द्रनगर — हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका-३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।बुधबार (आज) बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको उनले बताए । घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुम्लामा २ जनाको मृत्यु
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर हुम्लामा २ जनाको मृत्यु
Advertisement