• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

दसैंका लागि भेडा—च्याङ्ग्रा बेंसी झारिए

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित

जोमसोम : हिमाली जिल्ला मुस्ताङबाट करिब ९ हजारको हाराहारीमा दसै  भेडा—च्याङ्ग्रा बेंसीतर्फ झारिएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कार्यालय मुस्ताङले  बिहीबारसम्म अनुमानित ९ हजारको संख्यामा भेडा—च्याङ्ग्रा बेंसीतर्फ झारिएको जनाएको छ। जसमध्ये उपल्लो डोल्पाबाट मुस्ताङ रुट हुँदै करिब ३ हजारको हाराहारीमा भेडा—च्याङ्ग्रा पोखरा झारिएका छन्। मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र उपल्लो डोल्पाबाट जोमसोम झारिएका भेडा–च्याङ्ग्रा कतिपयले पैदल हिँडाएर बेंसी झारेका छन्। कतिपयले सम्बन्धित पशु पालकको गोठमै पुगेर ट्रकमा ढुवानी गरी बिक्रीका लागि पोखरा रकाठमाडौं पुर्‍याएका छन्।

Advertisement

मुस्ताङबाट निकासी हुने भेडा—च्याङ्ग्राको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र धौलागिरि प्राविधिक शिक्षालयले पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गर्छ।

यस वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङ र धौलागिरि प्राविधिक शिक्षालय लेतेबाट गरी करिब ९ हजार भेडा—च्याङ्ग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराइएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिए। मानव स्वास्थ्यलाई मध्यनजर गर्दै बर्सेनि मुस्ताङबाट बाहिरिने दसैं लक्षित भेडा— च्याङ्ग्रा पशु निरोगिताको परीक्षण गर्ने गरिन्छ। यसरी पशुस्वास्थ्य परीक्षण गरेरमात्रै मुस्ताङबाट बिक्रीका लागि भेडा च्याङ्ग्राको निकासी गर्न पाइने प्रावधान रहेको पशु चिकित्सक अर्यालको भनाइ छ।

यसवर्ष दसैंै लक्षित भेडा—च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत सम्बन्धित पशु चिकित्सकले  प्रतिगोटा १५ रुपैया परीक्षण शुल्क लिने गरेका छन्। पशु चिकित्सकले पशुमा जुनेटिक (खोरेत) रोग लागे, नलागे पहिचान गरेपछि पशु निरोगिताको पहेंलो कार्ड वितरण गर्छन्।

यस वर्ष मुस्ताङबाट निकै कम संख्यामा भेडा—च्याङ्ग्रा बेंसी झारिएको प्रक्षेपण गरिएको छ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा—च्याङ्ग्रा नेपाल भित्रिन नपाएको र उपल्लो मुस्ताङमा पालन गरिएको च्याङ्ग्राको रौं (पस्मिना) काटेर बिक्री गर्ने गरिएकाले यसवर्ष भेडा—च्याङ्ग्रा कम आएको अनुमान गरिएको हो।

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङले गत वर्ष ७२ हजार पशुचौपायालाई यहाँ पशु खोप सुनिश्चितता गरेको थियो। जसमध्ये दुई तिहाइभन्दा बढी भेडा—च्याङ्ग्राको संख्या रहेको थियो। जिल्लामा करिब ५० हजारभन्दा बढी भेडा—च्याङ्ग्रा मौज्याद हुँदा निकै कम संख्यामा भेडा—च्याङ्ग्रा भित्रिँदा दसैं तिहारको पूर्वसन्ध्यामा हुने भेडा—च्याङ्ग्राको व्यापारमा ह्रास आउन थालेको अनुमान गरिएको छ। गत वर्ष मुस्ताङमा ४५ हजार २ सय ९२ भेडा–च्याङ्ग्रा ५० हजार ९१ भेडा—च्याङ्ग्रालाई पशुमा पूर्ण खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको रेकर्डमा उल्लेख छ। तर, जिल्लाको रेकर्डमा उक्त संख्या उल्लेख भए पनि २० प्रतिशतभन्दा कम भेडा—च्याङ्ग्रा मुस्ताङ बाहिरिएको हो।

मुस्ताङमा यस वर्ष गतवर्ष तुलनामा भेडा—च्याङ्ग्राको मूल्य सस्तिएको भेडा —च्याङ्ग्रा व्यापारी बताउँछन्। गत वर्ष मुस्ताङमै ४५ हजार भन्ने गरिएको भेडा—च्याङ्ग्रा यसवर्ष ३५ देखि ३८ हजार रुपैयाँमा बिक्री गरिएको च्याङ्ग्रा व्यापारी पेम्बा रोकायाले बताए।

पर्व लक्षित भेडा—च्याङ्ग्रा बेंसीतर्फ झारिएका छन्।

शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.