चितवन । इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई मातृशोक परेको छ । गुरुङकी आमा ८८ बर्षिया पियारी गुरुङको सोमवार दिउँसो साढे १ बजे आफ्नै निवास इच्छाकामना गाउँपालिका ६ याक्राङमा निधन भएको हो । स्वर्गीय गुरुङको ४ भाई छोरा छन् । गाउँपालिका अध्यक्ष गुरुङ कान्छा छोरा हुन् । गुरुङ संस्कार अनुसार सामेवार नै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
Advertisement