• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

परदेशमा दशैंको माहोल, अमेरिकाको विस्कान्सनमा यसरी मनाइयो दशैं (फोटो फिचर )

  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित

काठमाडौं : प्रवासमा रहे पनि यहाँका नेपालीले मौलिकताको पर्व दसैं हर्षोल्लासपूर्ण ढंगले मनाएका छन्। अमेरिकाको विस्कान्सनमा सयौंको सख्यामा नेपाली भेला भएर टीकाजमरा लगाएका हुन्।

Advertisement

विस्कान्सनमा तीन सय नेपाली एकैठाउँ भेला भएर टीका ग्रहण गरेका छन्। एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीसँग टीका लगाउन अमेरिकाको विभिन्न राज्यबाट नेपालीहरू विस्कान्सन पुगेका हुन्। सुवेदी निवासमा भेला भएका नेपालीहरूले दशैंको माहोलमा शुभकामना आदानप्रदान गर्दै रमाइलो गरे।

‘परदेशमा दशैंको माहोलले सबैलाई एकैथलो बनाएको छ। एकैछिन भए पनि फुर्सद निकालेर आफ्नो धर्म संस्कृति र परम्पराको महत्त्वले एकत्रित गरेको हो,’ सुवेदीले भने, ‘सबैलाई शुभकामना आशीर्वाद दिएर दशैं मनाएका हौं। प्रवासमा सबैले टीका लगाए पनि यति संख्यामा भेला भएर टीका ग्रहण गरेको यो ठूलो संख्या हो।’

सुवेदीलाई अभिभावक मानेर प्रवासी नेपालीहरूले टीका र आशीर्वाद ग्रहण गरेका हुन्। सुवेदीले अमेरिकामा रहँदा व्यवसायमा प्रेरित गर्दै सहयोग गरेपछि धेरै नेपाली व्यवसायी भएका छन्। टीका लगाउन भेला भएका नेपालीलाई प्रवासमा फुर्सद निकालेर परम्परा र धर्म संस्कृतिप्रतिको मोह हुनु राम्रो पक्ष रहेको जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए। ‘विदेशका नेपालीबीच सद्भाव बढेको छ,’ काफ्लेले भने, ‘घरपरिवार छोडेर परदेशीएका सबै एकैठाउँ भेट हुँदा घरै मनाएको जस्तो भएको छ।’

यसरी प्रवासमा रहेका नेपाली युवा पुस्ता र बालबालिकाहरूले पनि दशैको महत्त्व र परम्पराका बारेमा थाहा पाउने मौका पाएका छन्। प्रवासमा नयाँ पुस्तामा पर्व हराउँदै गयो भन्ने चिन्ता भएको बेला पर्वबारे नयाँ पुस्ताले सिकेको एनआरएनए अमेरिका क्षेत्रको युवा सहसंयोजक विशाल रानामगरले बताए। ‘हामी बाध्यताले परदेशिएका हौं। हामीलाई पर्वको माया लाग्छ। टीका लगायौं। त्योभन्दा बढी आशीर्वाद अनि आत्मीयता पायौं,’ उनले भने, ‘दशैंमा देश गाउँघरको खुब याद आउँछ। दशैंले विदेशमा हामी नेपालीलाई एउटै परिवार बनाएको छ।’ हामीले हाम्रो अभिभावकसँग टीका लगायौं एनआरएनए विस्कान्सन च्याप्टर संयोजक राजकुमार हमालले विदेशमा सबै नेपालीहरूलाई परिवार बनाएर टीका लगाउँदा रमाइलो अनुभूति भएको बताए।

 

आइतबार, असोज २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.