चितवन, कार्तिक ११ । भरतपुरको यज्ञपुरीमा रहेको ग्यालेक्सि गार्डेन रिसोर्टको नेतृत्व एनआरएन अभियन्ता बुद्धि सागर सुवेदीले लिएका छन् । भरतपुर महानगरपालिका वडा नं ४ यज्ञपुरीमा रहेको रिसोर्टको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्ष चयन गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा करिब साढे दुई दशक लामो व्यावसायिक अनुभव भएका सुवेदीलाई विश्वास गरेर लगानीकर्ताले जिम्मेवारी सुम्पेका हुन् । अमेरिकाका मुख्य सहर र नेपालमा पाँच तारे होटल सञ्चालन गरेका सुवेदीले आफ्नो गृह जिल्ला चितवनमा फरक गर्ने लक्ष्यका साथ जिम्मेवारी लिएका छन् । पर्यटनको हब बन्दै गएको चितवनको भरतपुरमा केही फरक योजना सहित आफू लागेको सुवेदीले बताए । सुवेदी भरतपुरको वैदिकनगरमा बसोबास गर्छन् । उनको पुरानो थलो माडी हो । सुवेदी एनआरएन अमेरिकाका निवतृमान अध्यक्ष हुन् । रिसोर्टको उपाध्यक्षमा पुराना होटल ब्यवसायी इमान्दु बराल चयन भएका छन् । प्रबन्ध निर्देशकको जिम्मेवारी पुनः नवीन कँडेललाई दिइएको छ । त्यस्तै कम्पनी सचिवमा लेखनाथ सापकोटा, इन्द्रराज गैरे र देवनारायण भुषाल रहेका छन् । भुषाल पनि अमेरिकामा लामो समयदेअि व्यवसाय गर्दै आएका छन् । भरतपुरको चौविसकोठीबाट करिब तीन किलोमिटर पश्चिममा रहेको ग्यालेक्सी रिसोर्टमा चितवनमै सबैभन्दा धेरै जना अट्ने सभा हल रहेको छ । हलमा एकैपटक तीन हजार जना अट्ने बताइएको छ । पाँच वटा हलमा एकै साथ कार्यक्रम गर्न मिल्ने सुविधाको रहेको प्रबन्ध निर्देशक कंडेलले बताए । चितवनमा विभिन्न पेशा व्यवसायमा अनभुव संगालेका ४६ जना ब्यवसायीको संलग्नतामा ६० करोडको लागतमा रिसोर्टको निर्माण भएको हो । रिसोर्टमा सुविधा सम्पन्न २५ कोठा रहेका छन् । एक वर्षको अवधिमा रिसोर्टमा अन्तर्राष्ट्रिय सम्मेलन सहित विभिन्न सांगीतिक कार्यक्रम र राजनैतिक दलको सभा सम्मेलन भइसकेको रिसोर्टले जनाएको छ ।
ग्यालेक्सी रिसोर्टमा बुद्धि सुवेदीको नेतृत्व
ग्यालेक्सी रिसोर्टमा बुद्धि सुवेदीको नेतृत्व

Advertisement