• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनका सुनचाँदी ब्यवसायी विभाजित, पक्षपात गरेको भन्दै तदर्थ समिति गठन

  •   सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

चितवन , मंसिर ३ । चितवनका सुनचाँदी ब्यवसायी संघ विभाजित भएको छन् । ब्यवसायीको हितभन्दा नातावाद कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुले अलग्गै भेला गरेर तदर्थ समिति बनाएका छन् । ब्यवसायीको हितमा कुरा गर्दा फरक धारणा राखेको भन्दै संघमा ब्यवसाथीलाई संघमा बस्ने वातावरण नभएको भन्दै आक्रोस पोखे । चितवनका ठुलो संख्याका ब्यवसायीले आज दियालो फुडल्याण्डमा भेला गरेर समिति बनाएका छन् । पटक पटक सहमतिको प्रयास गर्दा पनि संघमा लामो समय काम गरेका ब्यवसायीलाई बरियता मिचेर पाखा लगाएको आरोप लगाउँदै अलग्गै समिति बनाएका हुन् ।
संघमा आवद्ध ४ सय ४३ सदस्य मध्ये करिब दुई सय जनाले अधिवेशन बहिस्कार गरेर ब्यवसायीक हितको लागी कामको लागी तदर्थ समिति बनाएर अगग्गै संघ बनाउन लागेका हुन् । वर्तमान अध्यक्षलाई नै धम्काएर अपमान गरेपछि अध्यक्ष निकटका ब्यवसायीहरुले छुट्टै समिति बनाएको एक ब्यवसायीले बताए । अध्यक्षलाई अपमान गरेको घेराबन्धी गरेको आरोप छ । निर्वाचन प्रकृया कब्जा गरेर एकलौटी गर्न खोजेको आरोप भेलाका सहभागीले लगाएका थिए । भेलामा सहभागी भएका नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष विपिन रामुदामुले बहुमतको आधारमा नातावादको दम्भले ब्यवसायीको चिन्तन नगरी ब्यवसायीलाई उल्टै खेदेको बताए । काम , क्षमता र योग्यता भएका साथीहरुलाई बञ्चित गरिएको बताए । ‘ क्षमतावान भएका साथीलाई पाखा लगाएपछि साथीहरु असन्तुष्ट हुनुभएको हो । केन्द्रीय अध्यक्षको जिल्लामै साथीहरुले छाता संघभित्र बस्ने वातावरण नहुनु दुखद हो , ’ उनले भने , ‘ दुई दशकदेखी ब्यापार र ब्यवसायीको हितमा लागेका साथीहरुको कदर र सम्मान नभएपछि त्यो संस्था के को लागी भनेर प्रश्न उठेको छ । ’

Advertisement


उद्योग वाणिज्य संघमा आयोजना गरिएको संघको ९ औ साधारण सभा तथा चौथो अधिबेशन बहिस्कार गरेर ठुलो समूहले दियालो फुडल्याण्डमा भेला गरेका थिए । यो भेलामा चितवनका पुराना र अग्रज ब्यवसायीको ठुलो उपस्थिती थियो । संघमा लामो समय काम गरेका राजु बराली , रबिन्द्र पन्थी , सस्थापक सचिव ननेन्द्र बराली लाई पाखा लगाएको भन्दै आक्रोस पोखेका थिए । ब्यवसायीले सुन सिफारिसका संयोजक हेम सेन्चुरी र वितरक समितिका संयोजक गोपाल बहादुर थापा बिकमाथी पक्षपात गरेर सिफारिस र वितरण गरेको आरोप लगाएका थिए । संघमा ब्यवसायी भन्दा पनि आफ्ना निकटकालाई हावी गराएर अध्यक्षलाई निरिह बनाएको आरोप भेलाका वक्ताहरुले आरोप लगाएका छन् । संघमा एक्लौटी गरेपछि बस्न नसकेको भनद्यै भेला गरेको सुनचाँदी ब्यवसायीका अगुवा रविन्द्र पन्थीले बताए । ‘ पटक पटक समहमकति गर्न खोजेका थियौं । तर काम गरेका साथीलाइृ संघमा बस्नै नदिन अनेक गरेपछि अपमान सहेर पेलिएर बस्न सकेनौं । साथीहरुकै सल्लाहमा भेला डाकेका हौं , ’ पन्थीले भने , ‘ वर्षौ काम गरेका अग्रजलाई समितिमा नराखेर नातावाद हावी भएपछि यो कदम बाध्यताले उठाएका हौं ।’
पश्चिम चितवनका ब्यवसायी संजिव विश्वकर्माले साधारण सभाम प्रतिनिधि बनाएको तर अधिबेशन मा सहभागी नगराएको सदस्यको कुरा अवमुल्यन गरेको बैठकमा फरक धारणा राखेको कारण धम्काउने गरेको बताए । एउटा समुहले हामी नै हुनपर्छ हाम्रै मात्र हुनपर्छ भनेर कब्जा गरेको आरोप लगाए । ‘ मदिरा खुवाएर मान्छे ल्याएर धकेला धकेल गरेर अध्यक्षलाइृ नै दुब्र्यवहार गरिएको छ , ’ उनले भने , ब्यवसायीको हित भन्दा आफ्ना मान्छेलाई काखी च्यापेर एकलौटी गरेपछि हामी बस्नै सकेनौं । ’

तदर्थ समिति गठन
ब्यवसायीको भेलाले तदर्थ समिति गठन गरेको छ । चेत बहादुर विश्वकर्मा (राजु बराली)को संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति बनाइएको छ । समितिलाई दर्ता प्रकृया , जिल्ला भेला गर्ने गरी जिम्मेवारी तोृकेको छ ।

 

सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.