• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विजयको उद्घोष सहित काठमाडौं लाग्यो चितवन राइनोज

  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित

अनिल ढकाल (चितवन )। नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयको उद्घोष गर्दै फ्रेन्चाइज टोली चितवन राइनोज काठमाडौं प्रस्थान गरेको छ । जितेर मात्रै घर फर्किने अठोटका साथ टिम काठमाडौं लागेको छ । चितवन मेडिकल कलेज (सीएमसी)को स्मामित्वमा रहेको चितवन राइनोजले बागमतीकै साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने लक्ष्य लिएर भरतपुर विमानस्थलबाट बुद्ध एयर मार्फत काठमाडौं प्रस्थान गरेको हो ।  युवा र अनुभवी दुवै खाले खेलाडी चितवनको जितको भरोषा हो । चितवनको टिम सन्तुलित छ । विदेशीका साथै स्वदेशी र स्थानीय खेलाडीबीच राम्रो तालमेल मिलाएको चितवनले जित्नेमा विश्वस्त रहेको मार्की खेलाडी कुशल मल्लले बताए । चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते विहान सवा ९ बजे काठमाडौं गुर्खाजसँग खेल्ने छ । चितवनले सुरुवाती खेललाई सुद बनाउने रणनितिका साथ तयारी गरेको छ ।

Advertisement

मंसिर १८ गते पोखरा एभेन्जरसंग दिउँसो सवा एक बजे खेल्दैछ । मंसिर २१ गते कर्णाली याक्ससंग विहान सवा ९ बजे र मंसिर २३ गते दिउँसो सवा एक बजे सुदुरपश्चिम रोयल्ससंग भिड्दैछ । त्यस्तै मंसिर २५ मा लुम्बिनी लायन्ससंग , २८ मा विराटनगर किङ्गससंग र २९ गते जनकपुर बोल्ट्ससंग खेल्दैछ ।

पहिचान, पर्यावरण र साँस्कृतिक झल्किएको जर्सि

शान्त स्वरुपको प्रतिक स्वरुप खरानी र चितवनको सूर्यास्तको झल्को दिने सुन्तला रंगको जर्सीमा चितवनको शानका रुपमा परिचित एक सिङ्गे गैडाको आकृति राखिएको छ। चितवन राइनोजले चितवनको पहिचान, पर्यावरण र साँस्कृतिक पाटोलाई जर्र्सीमा समिश्रण गरेको छ। त्यस्तै, जर्सीमा राखिएको सुन्तला रंगले चितवनको सूर्योदय, सूर्यास्त र पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ। गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ। चितवनको सभ्यतालाई जर्सीबाट सम्बोधन गरिएको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।

टिमको मस्कट ‘मिस्टर गैंडा’ 

चितवनको पहिचान एक सिङ्गे गैंडाको मस्कट बनाएको छ । चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। एनपीएलका आठ प्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। मास्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर राखिएको छ।

 

चितवन राइनोजको टिम:
ओनर : चितवन मेडिकल कलेज (आयुष न्यौपाने, डा. हरिश न्यौपाने)
मार्की खेलाडी : कुशल मल्ल
अन्य खेलाडी : रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल
विदेशी खेलाडी : मर्चेन्ट डे ल्याङ, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी-इटन, रबि बोपारा
मुख्य प्रशिक्षक : उमेश पटवाल

बलियो पक्ष : मिडल अर्डर ब्याटिङ र पेस बलिङ

 

आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.