• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

जितको लयलाई निरन्तरता दिने दाउमा चितवन राइनोज

  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

१८ मंसिर, काठमाडौं । काठमाडौं गुर्खाजर्ला पाँच विकेटले हराएर पहिलो खेलमा शानदार जितेको चितवन राईनोज को चितवन राईनोज जितको लयलाई निरन्तरता दिने दाउमा छ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्सर चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ । सोमबारको पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले हराएको चितवन भोलिपल्ट नै दोस्रो खेल खेल्न लागेको हो  । पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेल खेल्दैछ ।

Advertisement

यस खेललाई दुई कुशलबीचको कौशलताको खेल भनेर पनि भन्न सकिन्छ । चितवनको कप्तानमा कुशल मल्ल छन् भने पोखराको कप्तानमा कुशल भुर्तेल छन् । चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ । चितवनलाई काठमाडौंसँग भएको पहिलो खेलमा भेट्रान खेलाडी शरद भेषावकर र युवा खेलाडी सन्तोष कार्कीले क्रिजमा टिकेर खेल्दै जिताएका थिए ।

काठमाडौंलाई १११ रनमै रोक्न बलरहरूले पनि राम्रो प्रदर्शन गरेका थिए । काठमाडौंसँग ५ विकेट लिएका बलर सोहेल तनविरको भूमिका महत्वपूर्ण हुनेछ । तनविरलाई अर्का बाँयाहाते पेसर रिजन ढकालको साथ हुनेछ भने मिडियम पेसमा अमरसिंह राउटेला र रवि बोपाराले पनि बलिङ गर्ने छन् । त्यसैगरी लेफ्ट आर्म स्पीनमा कप्तान कुशल मल्ल आफैं छन् भने उनलाई लुक बेनकेन्सटाइनले लेगस्पीनमार्फत साथ दिनेछन् ।

ब्याटिङमा चितवनले पहिलो खेलकै अर्डरलाई निरन्तरता दिने देखिन्छ । दीपक र हसनले ओपन गर्दा कुशल मल्ल, लुक, रवि बोपारा र शरद त्यसपछि आउने छन् । जान निकोल लफ्टी इटनलाई पहिलो खेलमा आराम दिइएको थियो । उनी आज खेल्न सक्छन् तर त्यसको लागि एकजना विदेशी बाहिर बस्नुपर्ने हुन्छ ।

उता पोखराका लागि दुई बलर आकाश चन्द र सागर ढकालको भूमिका महत्वपूर्ण हुन सक्छ । उनीहरूलाई बास डे लिड, रेमन रेइफर र म्याट क्रिट्लेजस्ता बलरले पनि साथ दिने छन् । घरेलु खेलाडी तृत राज दास र बिपिन खत्रीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

पोखराको ब्याटिङमा ओपनिङ कप्तान तथा राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलसँगै दिलीप नाथ वा माइकल लिस्कले गर्न सक्छन् । त्यसैगरी बास डे लिड, किरण ठगुन्ना, बिपिन खत्री, नारायण जोशीले मिडल अर्डर सम्हाल्नुपर्ने छ ।

टीयुको पिचमा हालसम्मका ३ खेलमा बलरहरूलाई त्यसमा पनि विशेषगरी स्पीनरहरूलाई धेरै सहयोग मिलेको देखिएको छ । कप्तानले टस जितेर बलिङको निर्णय गर्न सक्छन् ।

खेल : चितवन राइनोज भर्सेस् पोखरा एभेन्जर्स

मिति र समय : २०८१ मंसिर १८, दिउँसो सवा १ बजे

स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर

चितवनको सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, कुशल मल्ल, लुक बेनकेन्सटाइन/जान निकोल लफ्टी इटन, बिपिन रावल, रवि बोपारा, सन्तोष कार्की, शरद भेषावकर, अमरसिंह राउटेला, सोहेल तनविर, रिजन ढकाल

पोखराको सम्भावित ११ : कुशल भुर्तेल, दिलीप नाथ, माइकल लिस्क, बास डे लिड, बिपिन खत्री, किरण ठगुन्ना, नारायण जोशी, रेमोन रेइफर, म्याट क्रिट्ले, तृत राज दास, आकाश चन्द, सागर ढकाल

मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.