चितवन– नेपाल शिक्षक संघ चितवनको परिचालन तथा सूचना प्रविधि विभागले निवृत शिक्षकसंग अनुभव आदानप्रदान गरेको छ । सेवाबाट अवकास प्राप्त गरेका पूर्व शिक्षकसंग शैक्षिक गुणस्तरको विषयमा छलफल गरिएको हो । विभागले निवृत्त शिक्षकहरुको अनुभव सुनेका थिए । शैक्षिक गुणतरमा निवृत्त शिक्षकको अनुभव र सुझाव संकलन गरिएको संघका जिल्ला सदस्य अनिश घिमिरेले बताए । ८० भन्दा वढि निवृत्त शिक्षकहरु सहभागी थिए ।
विभागका संयोजक भविश्वर गुरूङको अध्यक्षता र नेपाल शिक्षक संघ,बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ चितवन इन्दिरा मरहठ्ठा ,बागमती प्रदेश सदस्य कमल गुरूङ , संघका पुर्व अध्यक्षहरू भुवानीप्रसाद पौडेल, हरिराज पौडेल, नारायण चालिसे, मुक्तिनाथ ढकाल ,पूर्व शिक्षक गीता गुरुङ , संघको महिला उपाध्यक्ष राधा चौधरी, सचिव अर्थ प्रकाश भट्टराई ,विभागका सदस्य सुरेश आचार्य सहभागी थिए ।
निवृत शिक्षकसंग अनुभव आदानप्रदान
निवृत शिक्षकसंग अनुभव आदानप्रदान

Advertisement