पौष ५ ,देवघाटधाम– नेपालका ढकालहरुको राष्ट्रिय भेला देवघाटमा सुरु भएको छ । देवघाटको महेश सन्यास आश्रममा शुक्रवारबाट भेला सुरु भएको हो । उपमन्यु गोत्रिय देशभरका ढकालहरुलाई एकताबद्ध गर्न नेपाल ढकाल समाज प्रतिष्ठानले भेलाको आयोजना गरेको हो । भेलामा ६५ जिल्लाबाट सहभागी भएका थिए ।
प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालको अध्यक्षतामा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यमराज ढकालको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेला गरिएको हो । भेलामा प्रतिष्ठानले प्रकाशन गरेका महर्षि उपमन्यु ऋषिको ढकाल एक अध्ययन पुस्तक र ढकाल सन्देश मुखपत्र लोकापर्ण गरिएको थियो । महासचिवले दामोदर ढकालले प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय भेला शनिवारसम्म चल्नेछ ।
देवघाट गाँउपालिका वडा नम्बर पाँचमा ६ रोपनी दुई आना जग्गा खरिद गरिएको छ । उक्त जग्गामा केन्द्रीय स्तरको कुलमन्दिर , अनुसन्धान केन्द्र आश्रम बनाउने अभियान थालिएको निमाणृ गर्न लागिएको प्रतिष्ठानको सचिवालय सदस्य तारापति ढकाले बताए । भेला लगत्तै केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बसेको थियो ।