विशाल राना मगर( विस्कान्सन ) – अंग्रेजी नयाँ वर्षको अवसरमा जय नेपाल फाउण्डेसन अन्तरगतको ग्लोबल ज्ञान नेटवर्कले शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । विश्वभर एकैपटक शुभकामना कार्यक्रम गर्न लागिएको हो । सबैतीर रहेका नेपालीहरुलाई जोड्न भर्चुअल माध्यमबाट नेटवर्कले कार्यक्रम आयोजना गर्न लागेको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । डिसेम्बर २८ मा क्यालिफोर्नियामा विहान ६ बजे , न्युयोर्कमा विहान ९ बजे र नेपाली समय अनुसार साँझ पौने आठमा हुने कार्यक्रम संयोजक डा. निरज श्रेष्ठले बताए ।
जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मूल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशील र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्न सक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम सञ्चालन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको अध्यक्ष पण्डितले बताए ।