• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

बालबालिकाको दाँत जोगाउन ‘चितवन सिल’ अभियान

  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित

चितवन– बालबालिकामा दाँत किराले खाने समस्या बढेपछि चितवनमा दाँतमा सिल अभियान सुरु गरिएको छ । विद्यालयमा अध्ययनरत २ वर्षदेखि ६ वर्ष उमेरका बालबालिकाको दाँतको सुरक्षाको लागी नोलो अभियान सुरु गरिएको हो । यो अभियान चितवनभर गरिनेछ ।
निम्न माध्यमिक र मन्टेश्वरीमाअध्ययनरत विद्यार्थीको दाँतको बाहिरी पत्रमा टाँसिने एक प्रकारको पदार्थ हो । दन्त सिलेन्टले दाँतलाई सिल गर्छ । दाँतमा सिल गर्नाले दाँत किराले खाने समस्या र मुखको दुखाईबाट बचाउँछ । लामो समयसम्म यसले दाँतलाई बलियो बनाउन मद्दत गर्ने चिकित्सक बताउँछन् । दाँतमा सिल गरिएको बालबालिकाहरूमा ६०%ले दन्त किराले खाने समस्या कम भएको बरिष्ठ दन्त चिकित्सक डा. सरु थापाले बताइन् । ‘रोग लागेर उपचार गर्नुभन्दा समयमै रोकथाम गर्नुपर्छ भन्ने उद्देश्य हो , ’ डा. सरुले भनिन् , ‘ अहिले नेपालमा सरकारी र गैरसरकारी दाँत किराले खाने समस्या व्यापक छ । त्यसैले बेलैमा सजकता अपनाउन अभियान सुरु गरेका हौं । ’

Advertisement


साईराम डेन्टल केयर डाक्टर अजय डाक्टर सरु फाउन्डेसनले सिल चितवन अभियान सुरु गरेको हो । सिल चितवन अभियान सरकारी, गैर सरकारी,निम्न माध्यमिक विद्यालय र मन्टेश्वरीमा गरिनेछ । ‘ २ देखी ६ वर्षका बालबालिकाको स्थायी पहिलो बङ्गारा र अस्थायी बङ्गारा लगाउन सकियो भने भविष्यमा दाँत किराले खाने, पीडा हुने, मुख सुनिने समस्या नहुने औषधिको प्रयोग गर्नै नपर्ने, उपचारात्मक उपचार गर्न नपर्नेहुन्छ । दाँत किरा लागेको बालबालिकाले राम्रोसँग पोषिलो खानेकुरा खान नसक्दा उनीहरूको मानसिक र शारीरिक विकासमा पनि प्रत्यक्ष र अप्रत्यक्ष समस्या भएको अनुसन्धानले देखाएको छ, ’ फाउण्डेसनका संस्थापक डा. अजय न्यौपानेले भने , ‘ सुरुकै अवस्थामा दन्त सिलेन्ट गर्न सकियो भने यस्ता समस्यालाई निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । ’ डा. रोबिन्स ढकाल, डा.चिरंजीवी पटेल, डा. सुशीला अर्याल र प्राविधिक टिम मन्टेश्वरीमा पुगेर दाँतको सिल गरेका थिए ।

अनिवार्य दिनमा दुईपटक फ्लोराइड युक्त पेस्टले दाँत सफा नगर्दा , दाँतमा टाँसिने र गुलियो खानेकुरा बढी खानु जस्तै चकलेट चाउचाउ खाँदा दाँतमा ंसंक्रमण हुने गरेको छ । त्यस्तै सबैको पहुँचमा दन्त उपचारात्मक सेवा उपलब्ध नहुदा पनि दाँतमा समस्या देखिएको हो । चिकित्सकका अनुसार हरेक ६ महिनाको अन्तरालमा दन्त परीक्षण गराउनुपर्छ । कम्बोडियामा गरिएको अनुसन्धान अनुसार बालबालिकालाई उनीहरू अध्ययनरत विद्यालयमै पुगेर डेन्टल सिलेन्ट लगाइदिँदा किराले खाने समस्या ६०% ले घटेको देखाएको छ।

 

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.