• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा भित्रियो अत्याधुनिक विद्युतीय कार एक्सपेङ जी–सिक्स , युरो मोटरले थाल्यो विक्रि

  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित

चितवन – चिनियाँ अटोमोबाइल नयाँ ब्रान्ड एक्सपेङ जी–सिक्स  चितवनमा  भित्रिएको छ । चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले चितवनमा उक्त विद्युतीय कार सार्वजनिक गरेको हो । एक भव्य कार्यक्रमको आयोजनाका बीच सार्वजनिक गरिएको एक्सपेङ जी सिक्सको बुकिङ पनि सुरु भएको छ । अत्याधुनिक प्रविधि समेटिएको एक्सपेङ जी सिक्स विद्युतीय कारलाई फूल चार्जपछि चार सय ३५ किलोमिटरसम्म चलाउन सकिन्छ ।

Advertisement

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गर्नुभयो । नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये २५ प्रतिशत सिजी मोटर्सले आयात गर्ने गरेको उहाँको भनाइ थियो । ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर सिजी मोटर्सले नेपालको अटो बजारमा आफ्नो पकड बनाइराखेको अग्रवालले बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले अटो बजारमा नयाँ उत्पादन थपिँदा अर्थतन्त्रलाई चलायमान हुन सहयोग पुग्ने बताउनुभयो । युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा युरो मोटर्सका सन्तोष भट्टराईले एक्सपेङ जी सिक्स सुविधसम्पन्न रहेको बताए । चिनियाँ स्टार्टअप कम्पनीले उत्पादन गरेको जी-सिक्समा रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ ।

यसमा दिइएको २१८ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पर्फमेन्स दिन्छ । एक्सपेङ जी-सिक्समा ६६ किलोवाट अवारको लिथियम आयोन ब्याट्री छ । यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ । एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनामीक्सलाई ध्यानमा राखेर निर्माण भएको जी–सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ । बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनीयम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्यावीन क्लीन डिजाइनमा छ । टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।

शनिबार, पुष १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.