• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कार्यालय सहयोगी हत्या आरोपमा राष्ट्रिय अनुसन्धान अधिकृतसहित ३ पक्राउ

  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित

बारा — सिमरा विमानस्थलका प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या आरोपमा प्रहरीले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका तिवारीसहित जीतपुरसिमरा उपमहानगरपालिका-१९ का २७ वर्षीय पुरुषोत्तम दास र २० वर्षीय इन्द्रजित चौहानलाई सार्वजनिक गरिएको हो । दास सिमरामा सञ्चालित जयमाँ वर्कसपका सञ्चालक हुन् ।

Advertisement

‘पहिलाको रिसिइबीसँगै रुम्बालाई लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘पक्राउ परेका दासको वर्कसपबाट दासले प्रयोग गर्ने मोटरसाइकल, उनको पाइन्टको खल्तीबाट रुम्बाले गलामा लगाएको सुनको सिक्री र पर्स बरामद गरिएको छ ।’

घटनाबारे तीनैजनालाई अदालतबाट सात दिनको अनुमति लिएर कर्तव्य ज्यान कसुरअन्तर्गत थप अनुससन्धान भइरहेको उनले बताए ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयमाले अदालतमा महोत्तरी जलेश्वर-३ घर भई बारामा कार्यरत अनुसन्धान अधिकृत तिवारीमाथिसमेत मुद्दा दायर गरेको खण्डमा तिवारी कानुनअनुसार स्वतः निलम्बित हुनेछन् । सरकारी वकिल कार्यालयले तिवारीमाथि मुद्दा दायर नरेको खण्डमा भने निलम्बित हुने छैनन् ।

८ दिनअघि ४० वर्षीय रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका रुम्बा सिमरा विमानस्थलको सुरक्षार्थ यूनिटमा कार्यरत थिए । पक्राउ परेका अनुसन्धान अधिकृत (निरीक्षक) तिवारी पनि विमानस्थल र सिमरा क्षेत्रमा एक वर्षदेखि थिए । दुवै एकै ठाउँमा खाना खान्थे । गत शुक्रबार राति ९:३० मा उनी तिवारीको कार मागेर कलैया जान्छु भन्दै हिडेँका थिए । तर शनिबार बिहानै उनी टाउकोमा गोली लागेर मृत अवस्थामा जीतपुरसिमरा उपमहानगर-११ आमाडार गाउँको सडक पेटीमा तिवारीकै प्रदेश ०१–०२८ च ७६१६ नम्बरको निजी कारमा एक्लै फेला परेका थिए । त्यहाँ तिवारी भने थिएनन् ।

जीतपुरसिमरा-१७ का रुम्बा वडा १ को सिमरा सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनका दुई श्रीमती र ३ सन्तान छन् । उनी सुकुम्बासीका अगुवा पनि थिए ।

रुम्बा मृत अवस्थामा फेला परेपछि प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । मृतक परिवारको तर्फबाट तिवारीमाथि किटानी जाहेरी छ ।

पहिलो चरणको अनुसन्धानको क्रममा तिवारीको हत्यामा संलग्नता तत्काल नभेटिए पनि किटानी जाहेरीको आधारमा हिरासतमा राखी थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालयका एक प्रहरी अनुसन्धान अधिकृतले बताए ।

रुम्बाले प्रयोग गरेको कारको साँचो अफ गरिएको अवस्थामा फेला परेको थियो । रुम्बा मृत अवस्थामा फेला परेको चौथो दिन वीरगन्ज नारायणी अस्पतालमा पोस्टमार्टम भएपछि टाउकोमा नजिकैबाट एक गोली हानी हत्या गरिएको पुष्टि भएको थियो ।

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.