विशाल राना मगर (विस्कान्सन) : गैर आवासिय नेपालीले अध्यागमनमा पाएको कठिनाईको विषयमा जय नेपाल फाउण्डेसनले चासो दिएको छ । अध्यागमन सम्बन्धि समस्या भएकाहरुलाई कानुनविदसंगको परामर्श दिने ब्यवस्था गरिएको छ । जय नेपाल फाउण्डेसनको न्युह्याम्पशायर च्याप्टरले बेमिनारको आयोजना गरेको छ । अध्यागमन सम्बन्धी समस्या छन् भने भर्चुअल माध्यमबाट बरिष्ठ अध्यागमन कानुनविद खगेन्द्र जी सी संग सोझै प्रश्न सोध्न सक्नेछन् । न्युह्याम्पशायर च्याप्टरले यो अवसर न्युहेम्सर रेसिडेन्सिहरुको लागी मात्र ब्यवस्था गरेको छ । अन्यत्रकाले भने भर्चुअलमा जोडिन सक्नेछन् । यो कार्यक्रममा न्युह्याम्पशायर च्याप्टरका अध्यक्ष पवन पौडेल र महासचिव नविन शर्मा सहजकर्ताको रुपमा छन् । जनवरी ४ मा न्युयोर्कको समय अनुसार साँझ ५ देखी ७ बजेसम्म हुनेछ ।
विश्वब्यापी संजालमा रहेको जय नेपाल फाउण्डेसनको च्याप्टरहरुले नेपालीहरुको लागी रचनात्मक कार्यक्रमलाई तिब्रता दिएको जय नेपाल फाउण्डेसन अन्तरराष्ट्रिय केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । काफ्लेले देश विदेशमा फाउण्डेसनलाई विस्तार गरेर गतिविधि तिब्र बनाएको बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् ।
अध्यागमन समस्या समाधानमा जय नेपाल फाउण्डेसनको पहल, कानूनविदसंग सिधै परामर्श
अध्यागमन समस्या समाधानमा जय नेपाल फाउण्डेसनको पहल, कानूनविदसंग सिधै परामर्श

Advertisement