• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

रमेश प्रभातको `अलिकति फरक कुरा´लाई चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

भरतपुर, १५ पुस ।  चितवन साहित्य परिषद्ले कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा `चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार २०८०´ बाट समालोचक  रमेश प्रभातको कृति `अलिकति फरक कुरा´लाई पुरस्कृत गरेको छ ।  भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी प्रभात ४० को दशकदेखि हाइकू, गजल, कविता तथा समालाेचना विधामा कलम चलाएर याेगदान पुर्‍याउँदै आउनु भएको छ ।

Advertisement

चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगरप्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्राडा नारायणप्रसाद खनालले चर्चा गर्नुभएको थियो । कार्यक्रममा विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, विदुर अधिकारी, राजेन्द्र घायल, गणेश श्रमण, एलबी क्षेत्री, सरस्वती रिजाललगायतले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो ।

चितवनको रत्ननगर बकुलहर घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गर्नुभएको हो । २०७१ सालदेखि दिन थालिएको पुरस्कार पहिलो वर्ष लकास पौडेलको खण्डकाव्य ‘सौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह `सिडिओका सत्र वर्ष´, २०७३ सालमा सुमन घिमिरेको `मौनता´ उपन्यास र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह `पुस्तकालयको भोक´ लाई संयुक्तरूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिं थापाको कवितासङ्ग्रह `सहयात्री शब्दहरू´ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह `बतासा´लाई संयुक्तरूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेको `मिझोर´ कवितासङ्ग्रहले प्राप्त गरेको थियो । त्यसैगरी २०७६ सालमा गणेश श्रमणको `गुलियो काठमाडौँ´ र लक्ष्मण अर्यालको `औंला´ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको `अनुक्रोस´ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुको `अनुहारमा आप्पा´ र कृष्णशरण उपाध्याय `अनेक प्रश्न´ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीको `टुवरा´ उपन्यासलाई यो पुरस्कार प्रदान गरिएको छ ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.