पुस १७ चितवन – चिसोमा खाली खुट्टाले विद्यालय धाउने विद्यार्थीले जुत्ता सहयोग पाएका छन् । भरतपुर महानगरपालिका २९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय रातमाटेका विद्यार्थीलाई लियो क्लब अफ बैदिकनगरका संस्थापक अध्यक्ष चिया दरबारका संचालक विवेक कंडेलले जुत्ता सहयोग गरेका हुन । आर्थिक विपन्न परिवारका बालबालिका जुत्ता नभएको समस्या थाहा पाएप्छि कंडेलले सहयोग गरेका छन् । २७ जुत्ता र मोजा सहित पाएपछि खुसी भएका छन् । ब्यवसायी कंडेलले विद्यार्थीको सहजताको लागी सहयोग गरेको बताए । पहाडमा उकालो ओरालो गर्दै विद्यालय जाने विद्यार्थीलाई जुत्ता पाउँदा सहज भएको विद्यालयका शिक्षक बलराम जोशीले बताए ।
Advertisement