विशाल राना मगर (विस्कान्सन) । महामारीका रूपमा फैलिँदै तनावको व्यवस्थापनका लागि जय नेपाल फाउण्डेसनले कला सिकाउने सम्मेलनको आयोजना गर्न लागेको छ । तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक एवं मानसिक सन्तुलन कायम राख्न कामलाई नै तनाव व्यवस्थापन प्रमुख पाटो रहेकोले जय नेपाल फाउण्डेसन, फाउण्डेसनको ग्लोबल ज्ञान नेटवर्क र जीवन विज्ञान अमेरिकाले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो । जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक एएल पी भानु शर्माले जनवरी १९ तारिखमा कार्यक्रम गर्न लागेको हो । व्यवस्थित सोच, व्यवस्थित जीवनका वारेमा शर्माले कला सिकाउने छन् । तनाव व्यवस्थापनको लागी भर्चुअल माध्यमबाट शर्माले तनाव व्यवस्थापनको प्रशिक्षण दिनेछन् ।
दिनानुदिन समाजमा तनाव र यसले सिर्जना गर्ने समस्यामा बढोत्तरी हुँदै गएकोले समय सापेक्ष कार्यक्रम आयोजना गरिएको जय नेपाल फाउण्डेसन अन्तरराष्ट्रिय केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गरेको कारण समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहजता आएकोले त्यसको समाधानको लागी कार्यक्रम प्रभावकारी हुने ग्लोबल ज्ञान नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् ।