१२ माघ , चितवन ।मत गणना निके रोमाञ्चित बन्यो । सुरुवाती अवस्थामा सिलवालले लगातार अग्रता कायम गरे । पहिलो पचास मत गणनामा सिलवालले पाँच मतको अग्रता लिए । उनले २८ र रानाभाटले २२ मत ल्याएका थिए । त्यसपछि सय मत गणनामा सिलवाल चार मतले अगाडी नै रहे । एक सय पचासको गणना सकिदा मतको संख्याले रोमाञ्चक बनायो । सिलवालको चार मतको अग्रताको ऋण तिरेर पनि रानाभाट दुई मतले अगाडी बढिन् । त्यसपछि रानाभाट समर्थकको आशा बढ्यो । गणना गर्न बाँकी रहेको १२ मत के होला भन्ने थियो । गणनाप्रति चासोसंगै ढुकढुकी पनि उत्तिकै थियो । १२ मा जितका लागी रानाभाटलाई पाँच मत र सिलवाललाई आठ मतको आवश्यकता थियो । मत गणना सुरु हुन केही समय लाग्यो । सबैमा के होला भन्ने थियो । सबैका आफ्नै अनुमान थिए । गणना सुरु भएको दुई मत सिलवालको आउँदा रानाभाट समूहकाहरु केही अत्तालिएका थिए । त्यसपछि लगातार पाँच मत रानाभाटको मत आएपछि जीजत सुनिश्चितता भएपपछि रानाभाट समर्थित खुी थिए । लगातारको अग्रता गरेका सिलवाल समूह निराश बने । निकै प्रतिष्पर्धात्मक अनि रोमाञ्चित नतिजासंगै चितवन बारले पहिलो पटक महिलाको नेतृत्व पायो । लामो समय पहिला अधिकार , पिछडिएका , गरिबको पक्षमा वकालत गरेकी रानाभाटले विपक्षी समूहको समेत मत पाइन् । उनलाई जिताउन बरिष्ठ अधिवक्ताहरु खुलेरै लागेका थिए । उनी केही वर्षअघि अध्यक्षमै पराजित बनेकी थिईन । माओवादी निकट गोपीलाल देवकोटासंग उनी पराजित बनेकी थिईन् । रानाभाटले बारको मर्म अनुहार कर्म गर्ने बताईन् ।
यस्तो रोमाञ्चक बन्यो चितवन बारको मतगणना
यस्तो रोमाञ्चक बन्यो चितवन बारको मतगणना

Advertisement