विशाल राना मगर , अमेरिका । जय नेपाल फाउण्डेसन बेलायतले नेपालको स्वास्थ्य नितिको सुधारका लागी बहसको आयोजना गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारको अभियानमा लागेका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई नै सहभागी गराएर बहस गर्न लागिएको हो । बेलयातको स्वास्थ्यमा भएको सुधारको ईतिहास र तरिकाको अवस्थामा बहस गरेर नेपालमा कसरी सुधार गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको हो । नेपालमा नितिगत सुधारको लागी फाउण्डेसनले पहल गरेको हो । स्वास्थ्यमन्त्री पौडेलको प्रमुख आतिथ्यतामा फेब्रुअरी २ मा भर्चुअल बहसको आयोजना गरिएको जय नेपाल फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल काफ्लेले बताए ।
नेपालको स्वास्थ्य क्षेत्रका विशिष्ट विज्ञहरु सहित बेलायतका विज्ञबीच छलफल गर्न लागिएको हो । फाउण्डेसनले सहभागीताको लागी सबैमा आब्हान गरेको छ । बेलायतका प्रोफेसर सत्यान राजभण्डारी, जय नेपाल फाउण्डेसन बेलायतका अध्यक्ष डा. सम्पूर्णानन्द ढुङ्गाना र नर्सिङ एसोसिएसन युकेका अध्यक्ष रस्मिता दर्लामीले कार्यपत्र प्र्रस्तुत गर्नेछन् । अमेरिकाका बरिष्ठ चिकित्सक डा. केशव पौडेल र बेलायतका डा.बच्चु कैलाश कैनीले टिप्पणी गर्नेछन् । कार्यक्रममा जय नेपाल फाउण्डेसन अन्तरराष्ट्रिय अध्यक्ष डा. यादव पण्डितले उक्त कार्यक्रमको अध्यक्षता गर्नेछन् । बेलायतको स्वास्थ्य नितिलाई लिएर नेपालमा सुधार गर्न कोशेढुङ्गा साबित हुने केन्द्रीय अध्यक्ष डा. पण्डितले बताए ।
नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न बेलायतको स्वास्थ्यको अवस्थामा केन्द्रीत बहस गरिदै
नेपालको स्वास्थ्य क्षेत्रको सुधार गर्न बेलायतको स्वास्थ्यको अवस्थामा केन्द्रीत बहस गरिदै

Advertisement