भरतपुर । प्रजातान्त्रिक आन्दोलनका नेता विष्णु विलास ढकाललाई काँग्रेसका पुराना नेताले सम्झिए । स्वः ढकालले प्रजातन्त्रका लागि गरेका रणनिति र आन्दोलनको मोर्चामा गरेको नेतृत्वको स्मरण गरे । प्रजातन्त्रका सेनानीका रुपमा सम्झिदै काँग्रेसका नेताहरुले विष्णु विलास जस्ता नेता विरलै रहेको बताए ।
२००७ सालको प्रजातन्त्र प्राप्तीकोे आन्दोलनदेख २०४६ सालको प्रजातन्त्रको पुर्नस्थापनासम्मको आन्दोलनको चार दशक राजनैतिक योद्धा स्वः विष्णु विलास ढकालले राण विरोधी आन्दोलनका नाईके थिए । सुवर्ण शम्सेर राणा , कृष्ण प्रसाद भट्टराई , श्रीभद्र शर्माको संगतबाट राजनैतिक आन्दोलनमा होमिएका थिए । राणा विरोधी गतिविधि गरेकै कारण वन कार्यालयबाट बरखास्त भएका थिए । भारतबाट आएका राणविरोधी पर्चा बाढेकै कारण हटाइएका ढकालले तनहुँमा सक्रिय राजनिति गरेका थिए । २००६ सालमा हलो क्रान्तिको अगुवाई गरेका थिए । २०१५ मा बन्दिपुर कब्जा , तिरो बन्द र आन्दोलनमा सक्रिय भएका थिए । २०१४ सालमा भद्र अवज्ञा आन्दोलनमा तनहुँमा नेतृत्व गरेका थिए । उनलाई प्रजातन्त्रको लडाईमा लागेको कारण देशद्रोहको समेत मुद्धा लगाएर जेलमा शारिरीक यातना दिएका थिए । बन्दिपुर काण्डमा उनलाई प्रहरीले भिरबाट लडाइदिएर टाउकोमा चोट लागेकै कारण कान नसुन्ने भएका थिए । पार्टीमा गुटबन्दी , नातावाद , कृपावाद र आर्थिक प्रलोभनको विरोध गर्थे । पार्टी र नेताको आलोचना र विरोध गनगर्ने ढकालले कार्यकर्ताको अभिलेख सहित मुल्याङ्नमा जोड दिन्थे ।
नेपाली काँग्रेस भरतपुर १८ ले आयोजना गरेको स्मृति सभामा बोल्दै नेताहरुले स्व विष्णु विलास र उनका योगदानको चर्चा गरे । पदिय मोह नगरी मुलुक र पार्टीको सिद्धान्तका पहरेदार रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ ले बताए । ढकालको घरमा पंचायत विरोधीको रणनिति तयार गरेको गुरुङले बताए । नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवं जिल्ला विकास समिति चितवनका सभापति समेत भएका कृष्णलाल सापकोटाले स्वः विष्णु विलास ढकालसंगको संगतको घटना सुनाउँदै आन्दोलनमा ढकालले उर्जा दिने गरेको बताए । पूर्व सभापति शेषनाथ अधिकारीले प्रजातन्त्रको लडाई विष्णु विलासले त्यागको राजनिति गरेको बताउँदै प्रजातन्त्रको लडाईमा आवाज बुलन्द पारेको बताए। संविधान सभा सदस्य विष्णुमाया परियारले काँग्रेस चितवनमा धमिलिएको राजनितिको प्रसंग जोड्दै सवष्णु विलासको जीवनबाट पाठ सिके मात्रै पार्टी र मुलुकको हित हुने बताईन् ।
कार्यक्रममा नेपाली कााँग्रेस चितवनका सभापति राजेश्वर खनाल , क्षेत्रिय सभापति लाल बहादुर दवाडी , बागमती प्रदेश सभा सदस्य गिता गुरुङले स्व ढकालको राजनैतिक जीवनको चर्चा गरेका थिए । कार्यक्रम वडा सभापति रामकृष्ण पण्डितको अध्यक्षतामा भएको थियो । भने वडा सचिव रविन्द्र अर्यालले कार्यक्रममा सहजीकरण गरेका थिए । परिवारको समेत प्रवाह नगरीे राजनितिमा मलुक र जनताको हितमा मात्रै लागेको विष्णु विलासका छोरा रिपु विजय ढकालले बताए । पछिल्लो समयमा काँग्रेसले योदानको चर्चा मात्रै नभएर पार्टी निमार्णमा जिम्मेवार बन्नुपर्ने उनले बताए ।