• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

टोरन्टोमा जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुँदै

  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एसियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,” सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले बताए। उक्त सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउने साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकाय तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको उनले बताए। उक्त सम्मेलनले सरकारका निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनका लागि न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ । “हालसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने पुष्टि भइसकेको छ। हामी आशावादी छौँ यो सम्मेलनले सहभागीहरूलाई जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ,” सम्मेलन आयोजक समितिका संयोजक सन्तोष विश्वकर्माले भने । उनले सम्मेलनमा नेपालमा जातीय भेदभावबारे विशेष छलफल हुने र सम्मेलनले विभेदविरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे। टोरन्टो सम्मेलनमा जातीय विभेदको प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडीहरू, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा र तिनको कार्यान्वयन, विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास, ज्ञान हस्तान्तरण, दलितसम्बन्धी अनुसन्धान, जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास तथा समाधानका साथै संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवर्द्धन गर्ने उपायहरूबारे पनि छलफल गरिने आयोजकले जनाएका छन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानव अधिकार रक्षक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, पेशाकर्मी तथा सामाजिक अभियन्ता लगायत विश्वभरबाट करिब ३०० जना सहभागी रहने अपेक्षा गरिएको उक्त सम्मेलनमा सहभागी हुन सहयात्राको वेबसाइट https://www.sahayatraintl.com मा गएर दर्ता गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

Advertisement

आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.