• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विश्वभरका महिलाहरुलाई जोडेर जय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

विशाल राना मगर (अमेरिका )– जय नेपाल इन्टरनेशनल फाउन्डेसनले विश्वभरका नेपाली महिलालाई एकत्रित गर्दै ग्लोबल महिला नेटवर्क गठन गरेको छ । फाउण्डेसनले विनिता अधिकारीको अध्यक्षतामा ग्लोबल महिला नेटवर्कको घोषणा गरेको छ । समितिको महासचिवमा प्रतिज्ञा अधिकारीलाई चयन गरिएको छ । विभिन्न पेशामा आवद्ध महिलाहरुको प्रतिनिधित्व हुनेगरी नेपाल सहित विभिन्न देशमा रहेका महिलाहरुलाई समेटेर समिति गठन गरिएको हो । शुक्रबार एक वेबिनार मार्फत उक्त समिति निर्माण गरिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले जानकारी दिए । नेपाली काँग्रेसका महिला नेतृहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।

Advertisement

समितिका सदस्यहरुमा लक्ष्मि खरेल (अमेरिका), उर्मिला कंडेल जोशी (नेपाल), निर्मला खड्का (नेपाल),अर्पणा खड्का(नेपाल), निर्मला फुलारा ठाकुर (नेपाल), सिता अर्याल(साईप्रस), अनु थापा (इजरायल), अप्सना कंडेल (न्युजिल्याण्ड), भावना खनाल अर्याल (नेपाल), विन्दु दुलाल (साइप्रस), दिपा शिवाकोटी (नेपाल), दुर्गा तिवारी (अमेरिका), ललिता शाह (नेपाल), लेमु दाहाल (नेपाल), निर्मला सुर्खाली ( दक्षिण कोरिया) , पुष्पा पोखरेल (अमेरिका), सरिता न्यौपाने (भारत), रश्मिता कार्की ((नेपाल), सचिना बानियाँ (नेपाल), सपना खनिया (बेलायत), सरस्वती ओली (क्यानडा) , श्रद्धा अधिकारी (अमेरिका), सिता खुलाल मगर ( युएई), तारा खड्का मिश्र (नेपाल) रहेका छन् । त्यस्तै सदस्यमा जयकला राई (बेलायत ) , पबिता देवकोटा रेग्मी (जापान), ज्योत्सना अधिकारी (आयरल्याण्ड), मिनामाया खरेल (जर्मनी), सुनिता कंडेल लामिछाने (डेनमार्क), निर्मला परियार (नर्वे), गिता रेउले (पोर्तुगल), प्रिन्सेस खरेल (जापान), जेनिशा उप्रेती (नेपाल), लक्ष्मी खड्का खत्री (नेपाल) , ईन्दिरा बराल (नेपाल) र रिता गुरुङ (हङकङ) रहेका छन् ।

कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेसकी सहमहामंत्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मुलुकको परिवर्तन र दिगो विकासमा महिलाहरुको भूमिका अपरिहार्य रहेको बताइन् । उनले नेपालको विकासमा एक हुन आग्रह गरिन् । उनले विदेशमा भएका साथीहरुको मन नेपालमै रहेको र उहाँहरुको सम्मान गर्दै नेपाल भित्र्याउने वातावरण बनाउनु पर्ने बताइन्। उनले आफु जेल बस्दा स्वर्गीय नेत्री शैलजा आचार्यसंग बसेर धेरै सिक्ने अवसर पाएको बताइन् । “जेल नै हाम्रो पाठशाला बन्यो। अब हामीले सिकेको कुरा नयाँ पुस्तालाई सिकाउन जरुरी छ। यसलाई अभियानको रुपमा लिएर जानु पर्ने आवश्यकता छ,” उनले भनिन्। यसै गरी उनले नवगठित संजाललाई बधाई तथा शुभकामना पनि दिइन्। संघीय सांसद सरिता प्रसाई, काङ्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, एनआरएनए एनसीसी अमेरिकाका पूर्व उपाध्यक्ष दिलु पराजुली, जय नेपाल फाउण्डेसन नेपाल शाखाका अध्यक्ष बद्री अर्याल, जय नेपाल फाउण्डेसनको ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदन राज पौडेल, सिता अर्याल, निर्मला ठाकुर लगायतका वक्ताले नवगठित संजालका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए । जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले ग्लोबल महिला नेटवर्कको गठनले फाउण्डेसनको अभियान थप सशक्त हुने बताए । उनले संसारभरि रहेका नेपाली महिलाहरुको अनुभव र क्षमतालाई नेपालको हितमा लगाउने बताए । डा. पण्डितले प्रजातन्त्रवादी नेपालीहरुलाई एउटै मालामा गाँसेर नेपालको हितमा अग्रसर गराउने उद्देश्यले फाउण्डेसनको स्थापना गरिएको जनाए । मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्क बनाएर फाउण्डेसन रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको अध्यक्ष डा. पण्डितले बताए । नेपाल , अमेरिका सहित फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन् । ग्लोबल नलेज नेटवर्क, ग्लोबल युथ नेटवर्क यस अगावै गठन भईसकेको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्लेले बताए ।

शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.