भरतपुर, २४ फागुन । ११५ औं अन्तराष्ट्रीय नारी दिवश को अवसरमा भरतपुरमा डेढ सय महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ । आधुनिक उपकरण सहित भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटिहानी स्वास्थ्य चौकीमा ग्रामिण भेगका महिलाको स्वासथ्य परिक्षण गरिएको हो । शिविरमा स्तन तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको हो । तीमध्ये १ सय ३ जनाको भिडियो एक्सरे सेवा लिएका थिए । नारायणगढ लेडी जेसीज तथा भरतपुर महानगरपालिका वडा नम्बर २२ ले संयुक्त आयोजना गरेका हुन् । ग्रामिण भेगका महिलालाई लक्षित गरेर शिविर आयोजना गरिएको नारायणगढ लेडी जेसीजका अध्यक्ष एलिना श्रेष्ठले बताईन् ।
स्क्रिनिङ भन्नाले क्यान्सर हुनुभन्दा पूर्वावस्था थाहा पाउनका लागि गरिने जाँच हो । यसले लक्षण नदेखिँदैको सुरुआती चरणको अवस्थामा नै रोगको पत्ता लगाई शीघ्र उपचारमा सहयोग पुग्दछ । नेपाल तथा विकासशील मुलुकहरुमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि सयौँको संख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनु परेको छ ।
शिविरमा ग्रामिण भेगका महिलाहरुको उल्लेख्य सहभागिता रह्यो । स्थानिय स्तरमा गरिएको शिविरले आर्थिक विपन्नता भएका परिवारमा थप प्रभावकारी बनेको वडा नम्बर २२ का वडा अध्यक्ष वडा अध्यक्ष विष्णुराज महतोले बताए । , बरिष्ठ सर्जन डा. भक्तमान श्रेष्ठ , रेडियोलोजिष्ट डा. अनिष सुवेदी , स्त्री रोग विशेषज्ञ डा. मविन्द्र श्रेष्ठले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा आर्शिवाद पाईप इन्डस्ट्री का प्रोपराइटर गोपाल गौतम , नारायणगढ लेडि जेसिजका निवर्तमान अध्यक्ष जेसी हिमा श्रेष्ठ , २०२५ को अध्यक्ष सल्लाहकार रमा श्रेष्ठ ,नीरू कार्की ,नारायणगढ जेसीजका पूर्व अध्यक्ष सिनेटर सुदीप सिहं अधिकारी , पूर्व अध्यक्ष अमर घिमीरे , उधमी श्री बिजय घले , सालीक दवाडी ,वनकटा टोल सुधार समितिका अघ्यक्ष श्री सकुन्तला खनाल ,लीलाचोक आमा समूहकी अध्यक्ष बिनु श्रेष्ठ ,नारायणगढ लेडी जेसीजका बोर्डका पदाधिकारी सहभागी थिए । कार्यक्रम संयोजक जेसी सुजना अधीकारी गौतमले बताइन् । महासचिब जेसी शान्ति श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेकी थिईन् ।