अमेरिका, २६ मार्च । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । अप्रिल १२, २०२५ मा भर्चअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउण्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । शुभकामना कार्यक्रमबाट संसारभरका नेपालीहरुर्ला एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन( ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए । नवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना भएको छ। फाउण्डेसनले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल वुमेन नेटवर्क’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित हुन् । नेपालको अध्यक्ष बद्री अर्याल हुन् । जय नेपाल इन्टरनेशनल फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर फाउन्डेसनका ३८ च्याप्टर घोषणा भैसकेका छन । देश तथा विदेशमा रहनुभएका नेपालीहरूका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि अध्यक्ष डा. पण्डितले अनुरोध गरेका छन् ।
कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडि– ९८८ २८७० ६६५६
कोड– २०२५
समय
नेपाली समय–चैत्र ३०, २०८१ शनिवार ९अप्रिल १२, २०२५ साँझ ०६ः०० बजे०
न्युयोर्क समय– अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे
टेक्सस समय – अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे
क्यालिफोर्निया समय– अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे
बेलायत समय अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे
जय नेपाल फाउन्डेसनले वेबिनार माध्यमबाट शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
जय नेपाल फाउन्डेसनले वेबिनार माध्यमबाट शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

Advertisement