नवलपुर – प्रगतीनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्वको लागि डिल्लीराम कडरिया प्यानल संस्थागत विकास र उपभोक्ता हितका लागि एजेण्डा सहित उपभोक्ता समक्ष पुगेका छन् । जेष्ठ नागरिकको सुविधाको लागि घरेमा सेवा दिने योजना अघि सारेको छ । महशुल भुक्तानी गर्न नसक्ने जेष्ठ नागरिकको लागि मिस कल गरेपछि घरमै सेवा दिने योजना छ । त्यस्तै विपन्न परिवारको लागि सेवा क्षेत्र भित्रका एक सय घरभुरीलाई निशुल्क धारा जडान गर्ने योजना राखेको छ । संस्थाको नवौं अधिवेशन चैत्र को प्रतिष्पर्धा चलिरहेको बेला अध्यक्षमा डिल्लीराम कडरिया , सचिवमा ढुण्डीराज काफ्ले र लेखा समितिको संयोजकमा बालकृष्ण काफ्ले उमेदवार बनेका छन् । निष्पक्ष र स्वच्छका रुपमा चिनिएका काफ्ले उपभोक्ताको रोजाईमा छन् । संस्थागत विकासको उमेदवारी दिएको अध्यक्ष कडरियाले बताए । उनले स्वच्छ पानी , सफा पानी र स्वस्थ पानीको नारा अघि बढाएको बताए । निर्वाचन हुने दिन चैत ३० गतेलाई उपभोक्ताले जित्ने दिनको रुपमा प्रचार गर्दे चुनावी प्रचारमा छ । अनुभवि र सक्षम उमेदवारका रुपमा उपभोक्ता माझ एजेण्डा सहित मत माग्न हिडेका छन् । स्वच्छ, सफा र गुणस्तरीय खानेपानीको सुनिश्चित गर्न कडरिया प्यानलले आफ्नो प्यानललाई मतदानको लागि आग्रह गरेको छ । प्रगतीनगर खानेपानी लाई सुदृढ ,प्रविधी विकासमा अझ मजुबतका साथ निरन्तरता ,उपभोक्ताको समस्यालाई सहजै समाधान गर्न लगनशील, ईमान्दारिताका साथ जनसेवा गर्न सक्षम रहेको कडरिया व्यानलको दावी छ ।
प्रगतीनगर खानेपानीमा कडरिया प्यानलको उपभोक्तामैत्री एजेण्डा
प्रगतीनगर खानेपानीमा कडरिया प्यानलको उपभोक्तामैत्री एजेण्डा

Advertisement