• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एनआरएनए महासचिव उम्मेदवार बुद्धिसागर सुवेदीको एजेण्डा : पद्धति र पारदर्शीता

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औं महाधिवेशनमा बुद्धिसागर सुवेदीले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मे ३ देखी ५ सम्म हुन लागेको एनआरएनएको एकता अधिवेशनमा सुवेदीले योजना र प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् ।
उनी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। उनको कार्यकालमा संस्थाको भवन बनेको थियो। सुवेदी अमेरिकाका सफल व्यवसायी हुन्। आफ्नो उम्मेदवारी र अभियान बोकेर सुझाव संकलन गर्दै छलफल र भेटघाट गरिरहेको उनले बताए। सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्न आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न आफ्नो उमेदवारी रहेको बताएका छन्।

Advertisement

सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका थिए। वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरू र सरकारसँग आवश्यक संवादमार्फत कार्यान्वयन गराउन, महिला, युवालगायत दोस्रो पुस्तालाई श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने उनले बताए। एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष हुँदै एनआरएन एनसीसी अमेरिकामा विभिन्न तीन कार्यकाल काम गरेका थिए। चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए। उनले अमेरिका र नेपालमा ठूलो लगानी गरेका छन्। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डमलगायतका होटल र सुपरमार्केटहरू सञ्चालन गरिरहेका छन्। अमेरिकामा दुई सय बढी नेपालीलाई रोजगारी दिएको उनले बताए। सुवेदीले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन्। भैरहवामा रहेको पाँच तारे टाइगर प्यालेस रिसोर्टमा उनीसहितको समूहले लगानी गरेको छ।

बद्री केसी समूहले सन् २०२३ अक्टोबरमा अनलाइन भोटिंग योजनाबद्ध धाधलीको भएको भनि सर्वोच्चले पुनः निर्वाचनको लागि आदेश दिएपछि महाधिवेशन हुन लागेको हो । राजेन्द्र कुमार )आर.के ) शर्मा, डा. केशब पौडेल तथा चिन्तामणि सापकोटाले दायर गरेको रिट दायर गरेका थिए । निर्वाचित भएर आफुहरुनै वैधानिक भएको दावी गरेका केसी समूहलाई अदालतले मान्यता नदिएपछि एकता महाधिवेशन गराउन पूर्व अध्यक्ष शेष घलेको सयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको हो ।

 

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.