काठमाडौं, बैशाख २३ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित समितिलाई जय नेपाल फाउण्डेसनले सम्मान गरेको छ । हालै सम्पन्न एकता महाधिवेशनबाट निवाृचित पदाधिकारीलाइृ फाउण्डेसनले मंगलवार काठमाडौंमा सम्मान गरेको हो । अनामनगरस्थित फाउण्डेशनको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरिएको फाउण्डेशनका नेपालका अध्यक्ष अध्यक्ष बद्री अर्यालले बताए । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष जुनु गुरुङ, महासचिव बी.आर. लामा, कार्यसमितिका सदस्य अनुप खनाल, अमेरिका संयोजक डिलु पराजुली लगायतलाई सम्मान गरिएको हो । कार्यक्रममा एनआरएनएका नेतृत्वले विदेशी भूमिमा संघर्ष गरिरहेका नेपालीहरूलाई एउटै फोरममा एक बनाएर नेपालको समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। एनआरएनएका पूर्व महासचिव डा. केशव पौडेल, जय नेपाल फाउण्डेसनका मिडिया संयोजक भगिरथ योगी, फाउण्डेसनका संस्थापक सदस्य विश्व बराल, फाउण्डेसनका कार्यक्रम संयोजक विजुला बर्मा राना , सीता बराल लगायतको उपस्थिति थियो।कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरू जनक गिरी, रञ्जित कर्ण, केशव सिंह, भूपेन्द्रजंग शाही, प्रा.डा सीता घिमिरे, प्रा.डा धनेश्वर नेपाल, बिनिता अधिकारी, भावुक न्यौपाने लगायतले पदाधिकारीहरूलाई कार्यसफलताको शुभकामना व्यक्त गरे।
हाल अमेरिका रहेका जयनेपाल फाउण्डेशनका केन्द्रीय अध्यक्ष यादव पण्डितले नेपालीको हितमा एनआरएनएलार्इृ रचनात्मक ढंगबाट नेतृत्व दिएर संस्थाको छवि उचो बनाउन सुझाव दिए । उनले एनआरएनलाई सबै नेपालीले अपनत्व हुने खालको संस्थाको रुपमा विकास गर्न आग्रह गरे । केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले नेपालीको हितमा काम गर्न जोड दिएका छन् । फाउण्डेशनका अध्यक्ष यादव पण्डितका अनुसार, आगामी दिनमा फाउण्डेशन र एनआरएनएबीच सहकार्य गर्दै नयाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। नवनिर्वाचित एनआरएनए पदाधिकारीहरूले यसै साताबाट नेपालस्थित कार्यालयमार्फत नियमित कार्य प्रारम्भ गर्ने जानकारी दिएका छन्।