• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

प्रेस युनियनको आयोजनामा भोलिदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित

२६ वैशाख, काठमाडौं। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिए । उनका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालयमा भोलि (शनिबार) हुनेछ भने समापन मुस्ताङमा पुगेर हुनेछ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा.आरज राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुने युनियनका अध्यक्ष लम्सालले जानकारी दिए । उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ। नागरिक सम्वृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपन्तरणमा केही योगदान प¥याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको हो । समिट काठमाडौंदेखि पोखरा ही मुस्ताङसम्म बैशाख २७ गते देखि ३० गते सम्म चल्नेछ ।’ उनका अनुसार विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुति रहनेछ। समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने उनले बताए। ‘समिटमा नेपानी पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ बदलिँदो नेपालमा जनचाहना अनुरुपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवाय परिवर्तनले निम्त्याएको संकटका बारेमा पनि छलफल गर्छौं। यस अन्तर्गत जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछन्।’ ‘समिटमा नेपानी पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ। साथै जलवाय परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछन्।’ उदघाटन समारोहपछि ‘राजनैतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता ः को कति नजिक, को कति टाढा ?’ विषयमा पहिलो प्रस्तुति हुनेछन् जसमा डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्नेछन् भने दिलेन्द्र बडु, पार्वत गुरूङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँले वक्ताका रुपमा रहनेछन् । विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुने नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताए । समिटको दोस्रो दिन पर्यटकीय नगरी पोखरामा तीन वटा विषयगत सेसनमा प्रस्तुती तथा बहस पैरवी हुनेछ । उक्त दिन पहिलो सत्रमा ‘जलवायु संकट र पत्रकारिता’ दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा बहस र छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिए । उनका अनुसार समिटको तेस्रो दिन पोखराखि मुस्ताङसम्म मिडिया यात्रा हुनेछ भने चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाका सहभागीतामा जलवाय संकटमा मिडियाको भूमिकाको बारेमा वृहत अन्तरक्रिया हुनेछ । समिटको अन्तिम दिन लोमाङथाङ घोषणा पत्र जारी गर्ने युननियनका महासचिव पौडेलले बताए ।

Advertisement

शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.