काठमाडौं । जय नेपाल फाउण्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कको नेपाल संयोजकमा काठमाडौंका अनिल खनाल चयन भएका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य खनाललाई फाउण्डेसनले नेपालको संयोजकको जिम्मेवारी दिएको हो । नेटवर्कका अन्र्तराष्ट्रिय संयोजक मदनराज पौडेलले मनोनयन गरेका हुन् । फाउण्डेसनको अभियानलाई नेपालमा युवामाझ गतिविधि सक्रिय बनाउन खनाललाइृ संयोजकको जिम्मेवारी तोकिएको फाउण्डेसनका केन्द्रीय प्रवक्ता लालप्रसाद काफ्ले बताए । खनाललाइ फोण्डेसनको नेपाल स्थित कार्यालयमा कार्यालयमा स्वागत गरिएको थियो । फाउण्डेसनका संस्थापक एवं केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । विश्वभरका प्रजातन्त्रवादी आस्थामा प्रतिवद्ध नेपाली , युवा , महिला सहित विभिन्न विभाग मार्फत अभियान चलाएको अध्यक्ष पण्डितले बताए ।
Advertisement