जय नेपाल इन्टरनेशनल फाउण्डेसनको कार्यबाहक अध्यक्षको जिम्मेवारी महेन्द्र बस्नेतले पाएका छन् । फाउन्डेशनका अध्यक्ष मदनराज पौडेलको कार्यव्यस्तताका कारण फाण्डेसनका केन्द्रीय सदस्य बस्नेतलाई अध्यक्ष पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइका हुन् ।
एक महिनासम्म अध्यक्ष पौडेल अनुपस्थित रहने कारण बस्नेतले जिम्मेवारी सम्हाल्नेछन्। २० भन्दा बढी देशमा विस्तार भएको फाउन्डेशनले अअन्य देशमा सङ्गठन बिस्तार गर्नका लागि जिम्मेवारि दिइएको छ । बस्नेतको नियुक्तिलाई फाउन्डेशनका सम्पूर्ण सदस्यहरू तथा विश्वभर फैलिएको नेपाली डायस्पोराले स्वागत गरेका छन्।
Advertisement