अमेरिका । चितवनको पर्यटन प्रवद्र्धनका लागि चितवनका रोेटरी क्लब अफ चितवनका पब्लिक इमेज कमिटका प्रमुख शिरिष पन्तले अमेरिकामा भ्रमणको निम्तो बाढेका छन् । रोेटरी क्लब अफ चितवनका पब्लिक इमेज कमिटका प्रमुख शिरिष पन्तले चितवनको पर्यटकिय केन्द्रको प्रचार प्रसार सहित चितवनमा उनले आमन्त्रण गरेका छन् । अमेरिका पुगेका ब्यवसायी पन्तले नेपालको पर्यटन, संस्कृति तथा सामाजिक सेवा क्षेत्रको बारेमा विभिन्न कार्यक्रममा प्रस्तुती दिएका छन् । हालै पेन्सिलभेनिया स्यारे एथेन्स रोटरी क्लब मा आयउोजित बैठकमा सहभागी भएका पन्तले चितवनको पर्यटकिय विशेषता वारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा सहकार्यको प्र्रस्ताव गरेका छन् । पन्तले बैठकमा चितवन रोटरी क्लबमार्फत स्थानीयस्तरमा सञ्चालित सामाजिक सेवा गतिविधिहरूको जानकारी गराए । नेपाल–अमेरिका बीच रोटरी नेटवर्कमार्फत सहकार्यको संभावनाका विषयमा छलफल गरिएको थियो । पन्तले उद्योग वाणिज्य संघ चितवनले प्रकाशन गरेको आकर्षक टुर गाइड बुक दिएर निम्तो गरेका थिए । रोटरी क्लवका अध्यक्षलाई ढाका टोपी लगाइदिएर उनले नेपाली सांस्कृतिक पहिचानप्रतिको आदर पनि व्यक्त गरे।
रोटरी क्लब अफ चितवनका अध्यक्षले स्यारे एथेन्स रोटरी क्लब का लागि पठाउनु भएको शुभकामना सन्देश पन्तले सुनाएका थिए । दुवै क्लबबीच भावनात्मक सम्बन्ध र भविष्यको सहकार्यलाई थप सुदृढ बनाएको सन्देशमा उल्लेख छ । कार्यक्रममा रोटरी क्लब चितवनको स्पाउस क्लबको कार्यकारी सदस्य प्रिउंका घिमिरेले अमेरिकामा रहदै आएका ग्यस्ट्रो सर्जन डा सुभाष घिमिरे सहभागी थिए । पन्तले पेन्सिलभेनियाका चेम्बर अफ कमर्स र त्यहाँका मेयरसंग औपचारिक भेटघाट गरी चितवन पर्यटनको बारेमा जानकारी दिने र नेपाल भ्रमणको औपचारिक निम्तो प्रस्तुत गर्ने योजना रहेको जानकारी गराएका छन्। यस किसिमका अन्तर्राष्ट्रिय भेटघाट, संवाद र सहकार्यले चितवन मात्र नभइ सम्पूर्ण नेपालको पर्यटन, सामाजिक सेवा र अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक ऊर्जा थप्ने विश्वास लिइएको छ। यस्ता पहलकदमीहरू नेपाललाई विश्वसामु थप नजिक ल्याउने उदाहरण बन्नेछन्।
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

Advertisement