• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

लोकप्रिय मेयर रत्ननगरका प्रलाद सापकोटा

  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

रत्ननगर– रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आफ्नो जीवनको अप्रत्याशित राजनैतिक यात्रा र समाजसेवाप्रतिको समर्पणलाई जनप्रतिनिधिहरूमाझ व्यक्त गरेका छन्। उनले मंगलबार सम्पन्न रत्ननगरको नगर सभापछि जनप्रतिनिधिहरूमाझ आफ्नो अप्रत्याशित राजनैतिक यात्रा र समाजसेवाप्रतिको समर्पणको कथा सुनाएका हुन् । सापकोटाले जिन्दगीमा मेयर बन्छु भन्ने कहिल्यै नसोचेको, तर नियतिले राजनीतिमा ल्याएर रत्ननगरको नेतृत्व गर्ने अवसर दिएको बताए। ‘मैले नेता बन्छु, मेयर बन्छु भनेर सोचेकै थिइनँ। भाषण गर्नुपर्यो भने थुरथुर काम्थेँ,’ उनले हाँस्दै पुराना दिन सम्झिए।

Advertisement

वि.सं. २०७० मा ख्याल-ख्यालमै राजनीतिमा प्रवेश गरेका सापकोटा २०७३ सालमा कांग्रेसको १३औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य हुँदै नगर सभापति बने। वि.सं. २०७९ को स्थानिय चुनाबमा पार्टीले मेयरको टिकट दिएपछि उनले चुनाव लडे र ठूलो मतान्तरले जिते। ‘ त्यतिबेला मलाई कसैले चिन्दैनथे। मलाई ‘डन’ र ‘गलत मान्छे’ भनेर गलत प्रचार गरियो, तर मैले त झिंगा पनि मारेको छैन,’ उनले ठट्टा गर्दै भने। समाजसेवा र असल कर्मको बलमा जनताले विश्वास गरेको उनको दाबी छ। ‘मैले कमाएको ४० प्रतिशत समाजसेवामै खर्च गरेको छु। गरिब-दुखीलाई दुखी देख्न सकिनँ, सधैं सहयोग गरेँ,’ उनले थपे।

सापकोटाले राजनीतिलाई ‘सम्भावनाको क्षेत्र’ बताउँदै युवाहरूलाई प्रेरित गरे। ‘हजारौं युवाले प्रलाद सापकोटा जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्नुपर्छ। वडाध्यक्ष, मेयर, उपमेयर जस्तो बन्ने प्रेरणा दिनुपर्छ,’ उनले भने। समाज बदल्ने जिम्मा आफूहरूकै भएको र राम्रो काम गर्न छोडे राजनीति गर्नुको अर्थ नहुने उनको भनाइ छ। ‘सबैले यो खत्तम छ, बरबाद छ भन्यो भने किन राजनीति गर्ने? छोडिदिए भइहाल्यो,’ उनले थपे।

रत्ननगरलाई भव्य बनाउने ठूलो दाबी नगरे पनि सापकोटाले बिग्रन नदिने र जनताप्रति उत्तरदायी भएर सकेको विकास गर्ने प्रतिबद्धता जनाए। उनले समाजमा अरूलाई बिगारेर राम्रो बन्ने प्रवृत्तिप्रति दुखेसो पोख्दै भने, ‘तपाईंले मलाई खुइल्याउँदा अरूले तपाईंलाई पनि खुइल्याइरहेका हुन्छन्।’मेयरको सरकारी सुविधा गाडी आफूले प्रयोग नगरेको बताउँदै उनले राजनीतिमा असल कर्मले नै सफलता प्राप्त हुने र गलत बाटो हिँड्नेहरू कहिल्यै गन्तव्यमा नपुग्ने विचार राखे। ‘कसैको भाग्य देखिँदैन। हामीले नसोचेका व्यक्ति सांसद, मन्त्री बन्छन्। त्यसैले सधैं असल कर्म गरौं,’ उनले थपे।

आफूले सधैं असल कर्म गरेको र जनताको विश्वास जितेको बताउँदै सापकोटाले फेरि चुनाव लड्दा पनि जित्ने विश्वास व्यक्त गरे। उनको सादगी, समाजसेवाप्रतिको समर्पण र प्रेरणादायी कथाले रत्ननगरका जनप्रतिनिधि र युवाहरूलाई असल कर्म र समाजसेवाप्रति प्रेरित गरेको छ।

मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.