चितवन,साउन ९ । चितवनमा नहरमा डुवेर एक बृद्धको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका १६ स्थित हात्तीगाडे नहरमा डुबेर आज बिहान ८ बजे ७५ वर्षिय कर्णबहादुर गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गुरुङ बिहान ७ बजे घरबाट निस्किएका थिए । घरबाट एक किलोमिटर दक्षिणमा पर्ने सो नहरमा ८ बजे मृत फेला परेको खनालले जानकारी दिए । घटनाको बिषयमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।
Advertisement