चितवन – चितवनमा काँग्रेसको अवस्था नाजुक रहेको भन्दै पार्टीका एक वडा सभापतिले केन्द्रीय सभापतिको ध्यानाकर्षण गराएका छन् । चितवन आएका सभापति शेर बहादुर देउवालाई भेटेर काँग्रेसका भरतपुर ७ का सभापति विनोद ढकालले पार्टीको अवस्था विग्रिएको जानकारी दिए । सभापति देउवालाई भेट्ने अवसरमा चितवन कांग्रेसको अवस्था कमजोर भइरहेको जानकारी गराउदै सुधारका लागि आग्रह गरे । पार्टी नेतृत्व सहित नेताहरुको कार्यशैलीप्रति लक्षित गर्दै सभापति देउवालाई उनले पार्टी सक्किएको भन्दै केन्द्रबाटै कदम चाल्न आग्रह गरेका छन् । सभापति देउवासंगै भएका नेताहरु देखाउदै उनले भने ,‘ चितवनमा पार्टी सक्कियो । उहाँहरुलाई भन्नुपर्यो । ’ पछिल्लो समय चितवनमा कार्यकर्ताको असन्तुष्टीलाई केन्द्रीय सभापतिलाइभनेको वडा सभापति ढकालले बताए । भेटमा देउवाले ‘तपाईं पनि चितवन कांग्रेस होइन र ? ’ भन्ने प्रतिप्रश्न गर्दै भने , ‘ अब सबै सबै मिलेर सुधार गर्नुपर्यो । ’
सभापति देउवा पार्टीका नेता स्वर्गिय पृथ्वीमान गुरुङ र स्वर्गिय चन्द्रकान्त बगालेको निधनमा शोक ब्यक्त गर्न चितवन आएका थिए । पछिल्लो समय पार्टीमा वेथिती बढेको भन्दै जिल्ला नेतृत्वको कार्यशैलीको कार्यकर्ताबाट आलोचना हुन थालेको छ ।
केन्द्रीय सभापतिलाई वडा सभापतिले भने – चितवनमा काँग्रेस सक्कियो , सुधारिदिनुस् ।
केन्द्रीय सभापतिलाई वडा सभापतिले भने – चितवनमा काँग्रेस सक्कियो , सुधारिदिनुस् ।

Advertisement